राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५९ औं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ र पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई वर्षका उत्कृष्ट खेलाडी (सिनियर) को पुरस्कार प्रदान गरेको छ । किरणले पुरुष र पलेशाले महिलातर्फ अवार्ड जितेका हुन् ।