काठमाण्डौ – नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ र पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्द्धन राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित भएका छन् । राखेपको ५९ औँ वार्षिकोत्सवको अवसरमा आज शनिवार आयोजना भएको कार्यक्रममा राखेपले फुटबलका किरण र पारा तेक्वान्दोकी पलेशालाई सम्मान गरेको हो । विदेशी क्लबमा व्यावसायिक फुटबलदेखि २०७७ मा थ्री नेसन्स कपको उपाधि जित्दाका किरण नेपाली फुटबल टोलीका कप्तानसमेत रहेका थिए । दुई हप्ताअघि मात्र किरण सम्मिलित माल्दिभ्सको माजियाले माल्दिभ्स लिग र एएफए...