काठमाडौं : नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ र पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवद्र्धन राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित भएका छन्। राखेपको ५९ औं वार्षिक उत्सवको अवसरमा आयोजना भएको कार्यक्रममा राखेपले फुटबलका किरण र पारा तेक्वान्दोकी पलेशालाई सम्मान गरेको हो। यस्तै टेबल टेनिसकी इभाना थापा र एथलेटिक्सका सुदीप थारु जुनियरतर्फको उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित भए। विदेशी क्लवमा व्यवासायिक फुटबलदेखि २०७७ मा थ्री नेसन्स कपको उपाधि जित्द