सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले युवालाई सूचना प्रविधिका क्षेत्रमा आकर्षित गराउन आग्रह गरेका छन् । उनले बेथानचोक गाउँपालिका–२ गेल्दुङ्स्थित पार्वती बहुमुखी क्याम्पसको प्रथम भेलालाई आज सम्बोधन गर्दै बदलिँदो परिस्थितिमा सूचना प्रविधिको भविष्य रहेकाले युवालाई यसप्रति आकर्षित गराउनुपर्ने आवश्यकता औँल्याएका हुन् । “सूचना र प्रविधिको क्षेत्रमा मुलुकको भविष्य छ, यस क्षेत्रमा युवालाई आकर्षित गराउन सके बरोजगारीसमेत अन्त्य हुने देखिएको छ”, सरकारका प्रवक्तास