चालू आर्थिक वर्ष ०७७/७८ को ९ महिनाको अवधिमा तनहुँमा १२९ वटा हातहतियार नवीकरण गरिएका छन् ।
साउनदेखि चैत मसान्तसम्म जिल्ला प्रशासन कार्यालय तनहुँबाट १२९ वटा हातहतियार नविकरण भएको हो ।
गत चैत महिनामा ३ वटा मात्रै हातहतियार नवीकरण भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । यसअवधिमा ३ वटा हातहतियार नामसारी गरिएका छन् ।
सर्वसाधारणले जिल्ला प्रशासन कार्यालयको स्वीकृतीमा हातहतियार राख्न पाउँछन् । त्यसको प्रत्येक वर्ष प्रशासन कार्यालयबाट नवीकरण गर्नुपर्ने व्यवस्था छ ।
यसअवधिमा प्रशासन का...