सेबोनले आईपीओ निष्कासन रोक्नु हुँदैन [अन्तरवार्ता]

तुलसीराम ढकालले २०५६ सालदेखि शेयर बजारमा लगानी गर्दै आएका छन् । चिलिमे हाइड्रोपावर, मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेड र मुक्तिनाथ कृषि कम्पनीका सञ्चालक ढकाल नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष समेत हुन् । प्रस्तुत छ, नेपालमा नयाँ स्टक एक्सचेञ्जको आवश्यकता, शेयर बजारमा सुरक्षित लगानीका उपाय लगायत विषयमा उनीसँग आर्थिक अभियानकी लक्ष्मी शर्माले गरेको कुराकानीको सार : नेपालमा नयाँ स्टक एक्सचेञ्ज सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढेको छ । अहिले कतिपयले यसको विरोध गरेका छन् भने केहीले समर्थन पनि गरेका छन् । नेपालमा अर्को स्टक एक्सचेञ्जको आवश्यकता छ ? नेपालमा नयाँ स्टक एक्सचेञ्जको आवश्यकता छ । अहिलेको स्टक एक्सचेञ्ज नेपाल सरकारबाट सञ्चालन भइरहेको छ । यसले बजारको विकास, विस्तारका लागि खासै काम गर्न सकेको छैन । हिजो ३ अर्ब रुपैयाँको कारोबार हुँदा ल्याइएको सफ्टवेयर २२ अर्बसम्मको कारोबार हुँदा पनि त्यही नै छ । नेप्सेले सुधार गर्नुपर्ने जति पनि काम थिए, तिनको सुधार हुन सकेको छैन । अहिलेकै स्टक एक्सचेञ्जको सुधार गरेर, निजीकरण गरेर लगानीका नयाँ नयाँ उपकरण भित्त्याएर पनि शेयर बजारको दिगो विकास एवं सुदृढीकरण गर्न सकिन्थ्यो । तर राज्यले त्यो गर्न चाहेन । त्यसैले नयाँ स्टक एक्सचेञ्जको आवश्यकता भएको हो । त्यो माग हामीले नै राखेका हांै । नयाँ स्टक आउँदा त्यसले लगानीकर्ताका साथै समग्र बजारमै फाइदा पुग्छ । उदाहरणका लागि, हिजो वाणिज्य बैंक, नेपाल बैंक, कृषि बैंक थिए । पछि किन अरू बैंकलाई सञ्चालनको अनुमति दिइयो त ? किनकि अर्को बैंक आउनेबित्तिकै प्रतिस्पर्धी भयो । प्रतिस्पर्धा भएसँगै आमजनताले स्तरीय सेवासुविधा पाए । त्यस्तै अहिलेको स्टक एक्सचेञ्ज पनि अर्को स्टक एक्सचेञ्ज आउनेबित्तिकै सुधार हुन्छ । प्रतिस्पर्धा हुनेबित्तिकै लगानीकर्ताले सहज, छिटोछरितो र नयाँ नयाँ सेवासुविधा पनि पाउँछन् । धितोपत्र बजारका नवीनतम प्रविधि भित्रिन्छन् । विश्व बजारमा आएका लगानीका नयाँ उपकरण आउँछन् । यसरी पूँजी बजारले फ्डको मार्न सक्छ । त्यसैले, नयाँ स्टक एक्सचेञ्ज आवश्यक छ । निजीक्षेत्रको जलविद्युत् आयोजना विद्युत् विक्री अनुमति पाएको ३० वर्षपछि सरकारी स्वामित्वमा जाने व्यवस्था छ । त्यसपछि सर्वसाधारणको शेयरको अवस्था के हुन्छ ? यस सम्बन्धमा अहिलेसम्म खास व्यवस्था गरिएको छैन । कुनै पनि जलविद्युत् ३० वर्ष पुगेर सरकारलाई बुझाइएको पनि छैन । भोलिका दिनमा सरकारलाई बुझाउनुपर्ने अवस्था आएमा जुन आयोजना हो, त्यो मात्र बुझाउने हो, आयोजनाको अरू सम्पत्ति बुझाउने होइन । उदाहरणका लागि, हाम्रो चिलिमे हाइड्रोपावर निर्धारित अवधि पूरा भएपछि सरकारलाई बुझाउने हो । सो कम्पनीको घरभवन, अन्य आयोजनामा गरिएको लगानी तथा सम्पत्ति सबै हाम्रो हुनेछ । चिलिमे भन्ने संस्था रहिरहन्छ । विद्युत्केन्द्र (प्लान्ट) मात्र सरकारलाई बुझाउने हो । हुन सक्छ, त्यो समयमा प्लान्ट नै चिलिमेले चलाउन सक्छ । यसका विभिन्न पाटा हुन सक्छन् । त्यो विषयमा अहिले लगानीकर्तालाई कसरी सम्बोधन गर्ने भनेर केही भएको छैन । तर कुनै पनि लगानीकर्ताको लगानी डुब्नु हुँदैन । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अहिले साधारण शेयर निष्कासन (आईपीओ)को स्वीकृति प्रक्रिया रोकेको छ । लगानीकर्ताले यसको आलोचना पनि गरिरहेका छन् । यो रोक्नु उचित हो ? आईपीओ रोक्नु हुँदैन जस्तो लाग्छ । त्यो भनेको लगानीकर्ताका लागि अवसर हो । लगानीकर्ताले विभिन्न क्षेत्रका कम्पनीको आईपीओ छानी छानी लगानी गर्न पाउनुपर्छ । त्यो अवसर गुम्नु हुँदैन । यो लगानीकर्ताको अधिकारको कुरा पनि हो । लगानीकर्ताले कम्पनीको बारेमा बुझेर लगानी गर्नुपर्छ । यद्यपि, सेबोनले सधैंभरिका लागि रोकेको होइन । केही समयका लागि अध्ययन गर्न रोकेको हुन सक्छ । त्यसपछि तुरुन्त आईपीओ स्वीकृति प्रक्रिया अगाडि बढ्छ जस्तो लाग्छ । म्युचुअल फण्डलाई सेबोनले आरक्षणमा पाएको शेयर विक्री गर्न ६ महीनाको लकिङ पिरियड लगाइदिएको छ । यो कत्तिको उपयुक्त हो ?  यो एकदमै उपयुक्त हो । किनभने आममानिस प्रतिस्पर्धामा गएर १० कित्ता पाउँछन् । तर म्युचुअल फण्डले आरक्षणमा शेयर पाउने अनि सूचीकृत भएको भोलिपल्ट बढ्नेबित्तिकै विक्री गर्छन् । त्यो उचित होइन । त्यसैले केही समयसम्म लकिङ हुनुपर्छ । लकिङ भइसकेपछि मार्केटमा त्यसको माग र आपूर्ति पनि थाहा हुन्छ । यो आम लगानीकर्ताले राखेको माग हो, जुन स्वागतयोग्य छ । शेयर बजार जोखिमको क्षेत्र हो । यो बजारबाट कसरी सफलता प्राप्त गर्न सकिन्छ ? पूँजी बजारमा नाफा–घाटा दुवै हुन्छ । पूँजी बजारमा लगानी गर्नेबित्तिकै नाफा हुन्छ भन्ने छैन । सधैं घाटा पनि हुँदैन । त्यसैले कम्पनीको बारेमा धेरै अध्ययन गरेर, बुझेर लगानी गर्नुपर्छ । धेरै जनाले अरूले भनेको भरमा लगानी गर्नुहुन्छ । त्यो एकदमै गलत हो । तपाईं कुन कम्पनीमा लगानी गर्दै हुनुहुन्छ, त्यो कम्पनीको समग्र वित्तीय अवस्था, सञ्चालक र लाभांशको बारेमा बुझ्नुहोस् । यसरी बुझेर लगानी गरेमा जोखिमभन्दा पनि प्रतिफल बढी हुन्छ । हल्लाको भरमा, लहैलहैमा अथवा अरूले कमाएको देखेर नबुझी लगानी गरेमा गुमाउने सम्भावना बढी हुन्छ । यसकारण शेयर बजारमा लगानी गर्नुपूर्व कम्पनीका ससाना कुरा पनि अध्ययन गर्नुपर्छ । शेयर बजारबाट लाभ लिन धैर्य पनि राख्न सक्नुपर्छ । किनकि चाहेको प्रतिफल आजको भोलि नै नपाइन सक्छ । त्यसैले शेयर बजारमा सबै कुरा बुझेर, जोखिम विश्लेषण गरेर लगानी गरेमा राम्रो प्रतिफल पाउन सकिन्छ । 

सम्बन्धित सामग्री

१० मंसिरदेखि आईपीओ निष्कासन गर्दै नेपाल वेयरहाउजिङ कम्पनी

१ मंसिर, काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले १० मंसिरदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ६८ […]

२८ भदौदेखि आईपीओ निष्कासन गर्दै मिड सोलु हाइड्रोपावर

१९ भदौ, काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले २८ भदौदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्ने भएको हो । […]

घोराही सिमेन्टले आईपीओ निष्कासन गर्ने

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले यही जेठ ३२ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरी ४३५ रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ बिक्री गर्न अनुमति दिएको थियो । कुल कित्तामध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका […]

म्युजिक नेपालले आईपीओ निष्कासन गर्ने

काठमाडौं । ३० वर्ष लामो सांगीतिक इतिहास बोकेको कम्पनी म्युजिक नेपालले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै आईपीओ निष्कासन सम्बन्धमा एनआईसी एसिया क्यापिटलको आइडिया टु आईपीओ सेवासँग निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी द्विपक्षीय सम्झौता भएको जनाएको छ । आईपीओ निष्कासनसँगै म्युजिक नेपाल मुलुकको पहिलो संगीत क्षेत्रको कम्पनी बन्नेछ । ‘जसले गर्दा […]

थप २ कम्पनीले आईपीओ निष्कासन गर्दै

काठमाडौँ – खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन्। आईपीओ निष्कासनकाे लहर चलिरहँदा थप यी दुई कम्पनीले बोर्डबाट आईपीओ निष्कासन अनुमति पाएका हुन्। खप्तडले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ करोड ३२ लाख रूपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति […]

अभियान लघुवित्तले आईपीओ निष्कासन गर्दै

काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यही साउन १८ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका नौ करोड ७५ लाख रुपैयाँ बराबरका नौ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । लघुवित्तले निष्कासन गर्न लागेको कुल नौ लाख ७५ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात् […]

मन्दाकिनी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौँ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले यही साउन ९ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित दरको ११ करोड ७६ लाख सात हजार ३०० रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् २३ हजार ५२१ कित्ता सेयर […]

बुद्धभूमि नेपाल हाइड्रोले आईपीओ निष्कासन गर्दै, ११ असोजदेखि आवेदन दिन सकिने

बुद्धभूमि नेपाल हाइड्रोपावरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ११ असोजदेखि आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।

साहस ऊर्जाको ७० लाख आईपीओ निष्कासन हुँदै

साहस ऊर्जा लिमिटेडको ७० लाख कित्ता आईपीओ निष्कासन हुने भएको छ । कम्पनीले ६ असोजदेखि प्रतिकित्ता १०० रुपैयाँ दरका ७० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

रिलायबल लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्दै

काठमाडौं, २० साउन । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । इन्स्योरेन्सले ६० लाख कित्ता आइपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीले १ सय रुपैयाँ अंकित गरी प्रतिकित्ता २१२ रुपैयाँ तोकेर आईपीओ निष्कासन गर्ने जनाएको छ । आईपीओ निष्कासन गर्नका लागि कम्पनीले बोर्डमा साउन १२ […]