कांग्रेस नेताहरुको माग- 'महिलालाई प्रत्यक्ष उम्मेदवार बनाइयोस्'

नेपाली कांग्रेसका महिला नेताहरुले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा महिलालाई पनि प्रत्यक्षतर्फ उम्मेदवार बनाउन माग गरेका छन् । उनीहरुले अब महिलाहरु पनि निर्वाचन लड्न सक्षम रहेका भन्दै वर्तमान कानुन संशोधन गरेर भए पनि प्रत्यक्षतर्फ उल्लेख्य महिलालाई उम्मेदवार बनाइनुपर्ने माग गरे ।

सम्बन्धित सामग्री

अन्तर्वार्ता: 'देशले अब युवा प्रधानमन्त्री पाउनुपर्छ'

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा झापा-१ मा तेस्रोपटक प्रत्यक्ष उम्मेदवार बनेका छन् । दुई पटक पराजित भएका उनका लागि यसपटक प्रतिनिधिसभामा जित्ने चुनौती छ । विगतमा ‘हारेर नहाराएको’ र ‘जितेपछि जरुर गाउँ फर्कने’ भन्दै मतदातालाई विश्वास जित्ने कसरत गरिरहेका छन् ।

कांग्रेसले थाल्यो प्रत्यक्ष उम्मेदवार छान्ने प्रक्रिया

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार चयनमा प्रवेश गर्ने निर्णय गरेको छ। सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो। यही असोज ३ गते निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूचीमा संसदीय समिति एवं कार्यसम्पादन समितिले सभापतिलाई अधिकार प्रत्यायोजन…

गगन थापालाई कास्की क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउन प्रस्ताव

कास्की – नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाउन आवेदन परेको छ ।  कांग्रेस कास्की १ क्षेत्रीय समितिको बैठकमा थापालाई उम्मेदवार बनाउन प्रस्ताव गरिएको हो । समितिले आकाङ्क्षीहरूलाई बुधवार ३ बजेसम्म नाम प्रस्ताव गर्न आह्वान गरेको थियो । थापाको तर्फबाट नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले हस्ते दस्तखत गरी आवेदन दिनुभएकाे हाे ।  कास्की १ बाट प्रत्यक्ष उम्मेदवार बन्न सह–महामन्त्री जीवन परियारसहित १६ जनाको आवेदन परिसकेको छ । नाै जनाले समानुपा...