गगन थापालाई कास्की क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउन प्रस्ताव

कास्की – नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाउन आवेदन परेको छ ।  कांग्रेस कास्की १ क्षेत्रीय समितिको बैठकमा थापालाई उम्मेदवार बनाउन प्रस्ताव गरिएको हो । समितिले आकाङ्क्षीहरूलाई बुधवार ३ बजेसम्म नाम प्रस्ताव गर्न आह्वान गरेको थियो । थापाको तर्फबाट नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले हस्ते दस्तखत गरी आवेदन दिनुभएकाे हाे ।  कास्की १ बाट प्रत्यक्ष उम्मेदवार बन्न सह–महामन्त्री जीवन परियारसहित १६ जनाको आवेदन परिसकेको छ । नाै जनाले समानुपा...