भैँसे-भीमफेदी सडकखण्ड सञ्चालनमा

मकवानपुर– अविरल वर्षाका कारणले पहिरो जाँदा अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने छोटो मार्ग भैँसे–भीमफेदी सडकखण्डमा यातायात सञ्चालनमा भएको छ । आज दिउँसो भीमफेदी गाउँपालिका–२ स्थित माथिबाट खसेको लेदो माटोसहितको पहिरोका कारण अवरुद्ध भैँसे–भीमफेदी सडकखण्डमा करिब ३ घण्टापछि पुनःसञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीको प्रहरी निरीक्षक प्रतिमा कार्कीले बताइन् । पहिराले सडक अवरुद्ध हुँदा काठमाडौँबाट कुलेखानी–भीमफेदी हुँदै […]

सम्बन्धित सामग्री

आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि दुईतर्फी सञ्चालनमा

दमौली- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको छ । आइतबार रातिदेखि परेको वर्षाका कारण आज बिहान २ बजेदेखि अवरुद्ध भएको उक्त सडकखण्ड आठ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको हो । आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको सडकखण्ड पहिरो पन्छाएर दुईतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले […]

पुनः सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडकखण्ड

काठमाडौँ – पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मध्याह्नदेखि सो खण्ड सुचारु भएको हो। इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको नाग्दी खोलामा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो। बुधबार राति ११ः१५ बजेदेखि अवरुद्ध सडक मध्याह्न १२ः०५ बजेबाट सञ्चालनमा आएको हो। यस्तै, नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ को तोपेखोलास्थित नाम्सी […]

अवरुद्ध डुम्रे–बेँसीशहर सडकखण्ड सञ्चालनमा

पृथ्वी राजमार्गअन्तर्गत अवरुद्ध डुम्रे–बेँसीशहर सडक खण्ड सञ्चालनमा आएपछि यहाँको जनजीवन सहज बन्दैछ । विगत दुई दिनदेखि अवरुद्ध सो सडकखण्ड आज बिहानदेखि सञ्चालनमा आएपछि यहाँको जनजीवन सहज बन्दै गएको हो ।लमजुङस्थित मर्स्याङ्दी नदीमा डुबेर मृत्यु भएको विद्यार्थीको विषयलाई लिएर तनहुँ बाइसजागर बजारका स्थानीयवासीले टायर बालेर सो सडकखण्ड अवरुद्ध गरेका थिए । लमजुङतर्फ जारी निषेधाज्ञाका कारण यस खण्डमा ठप्प रहेको यातयात सेवा आज बिहानबाट सञ्चालन आएको हो । राति ९ बजेदेखि नै निषेधाज्ञा हटेपनि सवारी सा

नागढुङ्गा–नौबिसे सडकखण्ड सञ्चालनमा

अविरल वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध नागढुङ्गा–नौबिसे सडकखण्ड सञ्चालनमा आएको छ ।  त्रिभुवन राजपथस्थित चिसापानी धारा नजिक पहिरो जाँदा आज बिहान ५ः ३० देखि अवरुद्ध नागढुङ्गा–नौबिसे सडकखण्ड केही बेर अगाडिदेखि पूर्णरुपमा  सञ्चालनमा आएको हो । पहिराले अवरुद्ध सडक दुईवटा स्काभेटरको सहायताले ६ घण्टापछि सञ्चालनमा ल्याइएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाँणले जानकारी दिए । चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा पहिरो झरेपछि राजधानीबाट नागढ

नागढुङ्गा–नौबिसे सडकखण्ड सञ्चालनमा

अविरल वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध नागढुङ्गा–नौबिसे सडकखण्ड सञ्चालनमा आएको छ। त्रिभुवन राजपथस्थित चिसापानी धारानजिकै पहिरो जाँदा आज बिहान साढे पाँच खि अवरुद्ध नागढुङ्गा–नौबिसे सडकखण्ड केही बेर अगाडिदेखि सञ्चालनमा आएको...

मुग्लिङ-नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा

चितवन, असार २८ । मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिखोलामा खसेको पहिरो पन्छाएपछि सोमबार साँझ साढे ७ बजेरपछि सडक एकतर्फी सञ्चालनमा आएको हो । सुख्खा पहिरो खसेर सोमबार बिहानै देखि दुइतर्फी सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाउदै माथिबाट खस्नेक्रम नरोकिदा सवारी सञ्चालनमा ढिलाई भएको प्रहरीले जनाएको छ […]

भीमफेदी-सिस्नेरी-दक्षिणकाली सडकखण्ड सञ्चालनमा आयो

हेटौंडा : हेटौंडालाई काठमाडाैंसँग जोड्ने छोटो दूरीको मार्ग भीमफेदी–सिस्नेरी–दक्षिणकाली सडकखण्ड एक सातापछि सञ्चालनमा आएको छ। गत हप्ता परेको अविरल पानीसँगै आएको पहिरोले अवरुद्ध बनेको सडकखण्ड बिहीबारबाट सञ्चालनमा आएको हो। पहिरोले इन्द्रसरोवर गाउँपालिका-३ टेकरस्थित खहरेमा रहेको ह्युमपाइप बगाएपछि सडक अवरुद्ध भएको थियो। मर्मतपश्चात आजबाट सञ्चालनमा आएको मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए। उनका अनुसार भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड भने सोमबारबाटै

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा

चितवन, असार २० । मुग्लिन– नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । गत शुक्रबार १८ गते राती सडकखण्डको भरतपुर– २९ सेतीदोभानमा पहिरो खसेपछि अवरुद्ध सडक हिजो विहान एकतर्फी सञ्चालनमा आएको थियो । पुनः सोही ठाउँबाट पहिरो खसेपछि गए रातीदेखि अवरुद्ध सडक दिउँस साँढे २ बजेबाट दुइतर्फी सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ […]

अवरुद्ध डुम्रे–बेंसीशहर सडकखण्ड सञ्चालनमा

पहिरोका कारण अवरुद्ध भएको तनहुँको डुम्रे–बेंसीशहर सडकखण्ड आजदेखि पुनः सञ्चालनमा आएको छ । निरन्तरको वर्षासँगै आएको पहिरोका कारण बुधबार रातिदेखि अवरुद्ध भएको थियो ।  भानु नगरपालिका–१ अधेंरीखोलामा आएको पहिराका कारण उक्त सडकखण्ड अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका थिए । बिहीबार दिउँसो पहिरो हटाएर सडक सञ्चालनमा आए पनि पुनः पहिरो खसेर अवरुद्ध भएको थियो ।धेरै ठाउँमा पहिरो खसेकाले अवरोध हटाउन समय लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दि