नागढुङ्गा–नौबिसे सडकखण्ड सञ्चालनमा

अविरल वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध नागढुङ्गा–नौबिसे सडकखण्ड सञ्चालनमा आएको छ ।  त्रिभुवन राजपथस्थित चिसापानी धारा नजिक पहिरो जाँदा आज बिहान ५ः ३० देखि अवरुद्ध नागढुङ्गा–नौबिसे सडकखण्ड केही बेर अगाडिदेखि पूर्णरुपमा  सञ्चालनमा आएको हो । पहिराले अवरुद्ध सडक दुईवटा स्काभेटरको सहायताले ६ घण्टापछि सञ्चालनमा ल्याइएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाँणले जानकारी दिए । चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा पहिरो झरेपछि राजधानीबाट नागढ