विराटनगर नाकाबाट हुने निर्यात व्यापार ७१ प्रतिशतले बढेको छ। गत वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्षको ११ महिनामा विराटनगर नाकाबाट हुने निर्यात ७१ .१२ प्रतिशतले बढेको हो।...
पर्सा – नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यापारिक नाका वीरगन्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७७-७८ को तुलनामा २०७८-८९ मा उक्त नाका प्रयोग गरी हुने नेपाली वस्तुको निर्यातमा ५० प्रतिशत वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षमा रु ५३ अर्ब ६८ करोड […]
वीरगञ्ज – वीरगञ्ज भन्सारबाट फलफूलको जुसको निर्यात बढेको छ। ०७८/७९ को पहिलो ६ महिनाको अवधिमा वीरगञ्ज नाका भएर फलफूलको जुसको निर्यात बढेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। चालु वर्ष साउनदेखि पुस मसान्तसम्म वीरगञ्ज नाका भएर नेपालबाट २ अर्ब ५८ करोड २१ लाख एक हजार बराबरको फलफूलको जुस निर्यात भएको हो। यस अवधिमा ३ करोड ४८ […]
मुलुककै प्रमुख भन्सार नाकामध्येको वीरगन्ज भन्सारबाट चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको अवधिमा आयात निर्यात कारोबार उल्लेख्य बढेको छ । भन्सार कार्यालयका अनुसार पछिल्लो पाँच महिनाको अवधिमा २ खर्ब ९० अर्ब ८५ करोड रुपियाँको मालसामान आयात हुँदा यस नाकाबाट ४९ अर्ब ४१ करोड रुपियाँ बराबरको स्वदेशी उत्पादन विदेशमा निकासी भएको छ ।
वीरगञ्ज । वैदेशिक व्यापार परिमाणका आधारमा मुख्य भन्सार वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ५ महीनामा आयात निर्यात कारोबार उल्लेख्य बढेको छ । भन्सार कार्यालयका अनुसार यस अवधिमा २ खर्ब ९० अर्ब ८५ करोड रुपैयाँको मालसामान आयात हुँदा ४९ अर्ब ४१ करोड रुपैयाँबराबरको स्वदेशी उत्पादन निकासी भएको छ ।
चालू आवको साउनदेखि मङ्सिरसम्मको अवधिमा यस भन्सारबाट कुल ३ खर्ब ४० अर्ब २६ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार यो व्यापार परिमाण गत आवको समीक्षा अवधिको तुलनामा ८७ प्रतिशत बढी हो ।
गत आवको उक्त अवधिमा कोरोना महामारी नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी र निषेधाज्ञा परेकाले वैदेशिक व्यापार घटेकोमा चालू वर्ष व्यापार लयमा फर्किएको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।
गत आवको शुरूको ५ महीनामा कुल वैदेशिक व्यापारको परिमाण १ खर्ब ८१ अर्ब रुपैयाँबराबर थियो । आयात तथा निर्यात दुवैतर्फको व्यापारमा दक्षिण छिमेकी भारत मुख्य साझेदार रहेको छ ।
यस अवधिमा भारतबाट मात्रै २ खर्ब ३ अर्ब रुपैयाँको मालसामान भित्रिएको छ । भारतमा निकासीतर्फ यो परिमाण ४७ अर्ब रुपैयाँ रहेको भन्सारको सूचना तथा प्रविधि शाखाको तथ्यांक छ । तुलनात्मक रूपमा वैदेशिक व्यापार बढेपछि त्यसको सकारात्मक प्रभाव भन्सारले उठाउने राजस्वमा पनि देखिएको पौडेलले बताए । ‘आयात निर्यात कारोबार बढेपछि भन्सारले उठाउने राजस्वमा त्यसको प्रभाव देखिएको छ । मङ्सिरसम्मको राजस्व लक्ष्यभन्दा ७ प्रतिशत बढी उठेको छ,’ पौडेलले भने ।
वीरगञ्ज भन्सारले चालू आवको ५ महीनामा ८८ अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यस अवधिका लागि वीरगञ्ज भन्सारलाई ८२ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकिएको थियो ।
अघिल्लो वर्षको साउनदेखि मङ्सिरसम्मको अवधिको यस्तो राजस्व ५८ अर्ब १५ करोड रुपैयाँ उठेको थियो ।
वीरगञ्ज नाकाबाट मुख्य रूपमा पेट्रोलियम पदार्थ, सवारीसाधन, औद्योगिक कच्चा पदार्थ बढी आयात हुन्छ । निर्याततर्फ भटमासको तेल, फलफूलको जुस, जुत्ता, सूर्यमुखीको तेल, छाला, कपडालगायत वस्तु रहेको भन्सारले बताएको छ ।
झापा । झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापार बढेको छ । गत आर्थिक वर्षमा उक्त नाकाबाट आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ ।
गत आर्थिक वर्षमा सो नाकाबाट हुने वैदेशिक व्यापारमा रू. ३५ अर्बभन्दा बढी घाटा रहेको भन्सार कार्यालयले बताएको छ । उक्त नाकाबाट गत आर्थिक वर्ष २०७७÷७८ मा ३५ अर्ब ८५ करोड व्यापार घाटा भएको मेची भन्सार कार्यालय, काकरभिट्टाका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार यो नाकाबाट गत आवमा रू. ४८ अर्ब ५ करोडको वस्तु आयात भएको छ भने रू. १२ अर्ब ६५ करोडको वस्तु निर्यात भएको छ । काकरभिट्टा नाकाबाट गत आवमा आयात–निर्यात दुवैतर्फ वृद्धि भएको छ ।
आव २०७६÷७७ को तुलनामा आव २०७७/७८ मा आयात रू. ९ अर्ब ६५ करोडले बढेको छ भने निर्यातमा रू. ४ अर्बको वृद्धि भएको छ । सो नाकाबाट भारत, बंगलादेश र भुटानसँगको व्यापार घाटा उच्च रहेको प्रमुख विश्वकर्माले बताए । रासस
आर्थिक वर्ष २०७६/०७७ मा वीरगन्ज नाकाबाट ६१ हजार ५ सय ५० टन भटमासको प्रशोधित तेल र ४२० टन सूर्यमुखी तेल निर्यात भएको थियो। वीरगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए अनुसार नेपालको निर्यात व्यापारमा प्रशोधित तेलको योगदान उल्लेखनीय छ।...
साउन ११, झापा । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको आयातभन्दा चार गुणा बढी निर्यात बढेको छ ।
क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा रू. चार अर्ब १२ करोड ३८ लाख ८९ हजारको कृषिजन्य वस्तु निर्यात भएको छ भने रू. एक करोड १९ लाख ७० हजारको आयात भएको देखिन्छ ।
आर्थिक वर्ष २०७६/७७ मा रू. पाँच अर्ब २६ करोड चार लाख मूल्यको सामग्री निर्यात भएको थियो भने रू. दुई अर्ब ९९ करोड चार लाख मूल्य बराबरको सामग्री आयात भएको कार्यालयको तथ्यांकले देखाएको छ ।
कोभिड–१९ को संक्रमणकालीन अवस्थामा निर्यात बढी देखिनुमा अन्तरराष्ट्रिय बजारमा कृषिजन्य वस्तुको मूल्य बढ्नु मुख्य रहेको कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत देवेन्द्र साहुको भनाइ छ ।
पूर्वी नाका हुँदै भारत र बंगलादेशमा सबैभन्दा बढी अलैँची, अदुवा, अम्लिसो, चिया, चिराइतो, जटामसी, अमला, मजिठो, रिठ्ठा, मुसुरो दाललगायतका कृषिजन्य वस्तुको निर्यात हुने गरेको उनले बताए । उनले अलैँची, चिया, अम्रिसो र अन्य कृषिजन्य वस्तुको तलुनामा बढी निर्यात भएको जानकारी दिए । रासस
रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ । स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमुना परीक्षण गर्ने गरेको छ ।...
पूर्वी नाकाबाट नेपाली वस्तुको निर्यात व्यापार उल्लेख्य बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म आठ महिनामा ७ अर्ब ९६ करोड रुपैयाँ बराबरको नेपाली वस्तु निर्यात भएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जानकारी दिएको छ ।