काठमाडौं, ७ असोज । नेपाल रसिया चेम्बर अफ कमर्सको २५औं साधारणसभाबाट बैंकर अशोक शेरचनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । शेरचन प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । शुक्रबार राजधानीमा सम्पन्न साधारणभाले शेरचनको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । संघको निवर्तमान अध्यक्षमा नरेशलाल श्रेष्ठ तथा मानार्थ सदस्यमा राजेशकाजी श्रेष्ठ रहेका छन् […]