सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष शाक्य चेम्बरको कार्यसमितिमा मनोनीत

काठमाडौं, २० फागुन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यलाई नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्यमा मनोनीत गरिएको छ । निजी क्षेत्रको प्रतिनिधमिूलक संस्थाको रूपमा रहेको चेम्बरको ८ औं बैठकले शाक्यलाई चेम्वरको वस्तुगत संघको तर्फबाट सदस्यमा मनोनीत गरेको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले चेम्बरको विधानअनुरूप शाक्यलाई सदस्यमा मनोनीत गरेको बताएका छन् । […]