शान्तिवाटिकामा लघुवित्त पीडितहरूको प्रदर्शन (तस्वीरहरू)

५ मंसिर, काठमाडौं । लघुवित्त पीडितहरुले काठमाडौंको शान्तिवाटिकामा आज विरोध प्रदर्शन गरेका छन् । माइतीघरमा निषेधित क्षेत्र घोषणा भएपछि लघुवित्त पीडितहरुले मंगलबार शान्तिवाटिकामा प्रदर्शन गरेका हुन् । ‘लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति’ गठन गरी पीडितहरुले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले लघुवित्त संस्था खारेज हुनुपर्ने लगायत विभिन्न ८ बुँदे माग अघि सारेका छन् । […]

सम्बन्धित सामग्री

उदयपुरमा लघुवित्तविरुद्ध अनिश्चितकालीन विरोध प्रदर्शन

लघुवित्त पीडित संघर्ष समिति त्रियुगा नगरको आव्हानमा मंगलबारदेखि सुरु भएको आन्दोलन सदरमुकाम गाईघाटलगायत विभिन्न ठाउँमा जारी छ।...

सुदखोरभन्दा चर्का लघुवित्त

ग्रामीण भेगमा विपन्न र सीमान्तकृत वर्गमा वित्तीय पहुँच विस्तार गर्दै आयआर्जन वृद्धि गर्ने मुख्य उद्देश्यबाट लघुवित्त वित्तीय संस्था विचलित हुँदा उनीहरूविरुद्ध चर्का स्वर उठ्न थालेका छन् । चुनावका मुखमा राजनीतिक दल र तिनका नेता–कार्यकर्ता जिल्ला र गाउँतिर केन्द्रित भइरहँदा लघुवित्त पीडित भने विभिन्न मागसहित ‘लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति’ का नाममा काठमाडौंमा जम्मा भएर प्रदर्शन गर्न थालेका छन् ।