काठमाडौँ : नेपाल उद्योग परिसंघले सरकारले बजेटमा राखेको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पुँजीगत खर्च बढाउनुपर्ने आवश्यकता रहेको बताएको छ। परिसंघले पूर्वाधार विकासमा केन्द्रित रहेर काठमाडौँमा गरेको बजेट वाच कार्यक्रममा यस्तो बताएको हो। परिसंघले ६ महिनाको अवधिमा बजेट कार्यान्वयनको अवस्था हेर्दा बजेटमार्फत सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन देखिएको बताएको छ। परिसंघका अध्यक्ष अग्रवालले सरकारको पुँजीगत खर्च बढ्न नसक्दा विकास निर्माणका कार्यहरु प्रभावकारीरुपमा अगाडि ब