गीतकार शिव पलाँसको गीत संग्रह ‘माया गर्नुको अर्थ’ बजारमा आएको छ । संग्रहमा ८१ गीत समेटिएका छन् । ‘अनेसास शब्द सारथि’ कार्यक्रमबाट आइतबार कृति सार्वजनिक गरिएको हो । पलाँसका आगो भन्ने जान्दा जान्दै, गन्दै जाँदा पिरतीमा, माया गर्नुको अर्थ जस्ता बोलका गीत लोकप्रिय छन् ।कार्यक्रममा वरिष्ठ गीतकार तथा समालोचक डा कृष्णहरि बरालले पलाँसका गीतमा रुपक, अलंकार, विम्ब, प्रतीक, सँगसँगै कला र शिल्पको लोभलाग्दो तालमेल भएको बताए । उनले भने, ‘पलाँस महत्वपूर्ण गीतकार रुपमा स्थापित भएका