काठमाडौँ । उच्च शिक्षा र ज्ञानसहितको जनशक्ति उत्पादन गरी समुन्नत समाजको निर्माणमा टेवा पुर्याउने उद्देश्यले वि.सं. २०१६ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालयमा पछिल्लो समय बेथितिले भरिएको छ । उच्च शिक्षाको क्षेत्रमा अध्ययन, अनुसन्धान गरी नयाँ ज्ञान, प्रविधि र सीपको विकास गर्न स्वायत्त संस्थाको रूपमा यो विश्वविद्यालय स्थापना भएको हो । विश्वविद्यालय अन्तर्गत ५ अध्ययन संस्थान, […]