काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू सबै प्रकारको चुनौति सामना गर्न तयार रहेको बताएका छन्। शनिबार बृहत् नागरिक आन्दोलनसँगको अन्तरक्रियामा बोल्दै उनले भने, ‘अदालतको निर्णयपछि पार्टी २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्छ। हामी त्यसको पक्षमा छौँ। त्यसका लागि म बालुवाटार जान्न, सबै प्रकारको चुनौती सामना गर्न तयार छु।’उनले पार्टी आन्दोलनबाट खुट्टा कमाएर हिँड्नेवाला नभएको समेत बताए। ‘कम्युनिस्ट पार्टीमा अधिनायकवाद स्वीकार्य छैन। मूल मान्छेबाट