चुनाव प्रचारका लागि मंगलबार गृहजिल्ला झापा आइपुग्नुभएका नेकपा एमालेका अध्यक्ष अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रममा झापा आउनुभएको हो । उहाँलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरी रहनुभएको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले बताउनुभयो । …