नेकपा एमालेका अध्यक्ष केपी शर्माओली अस्वस्थ भएका छन् । ओली अस्वस्थ भएपछि शनिबार उनी सहभागी हुन तय गरिएका कार्यक्रमहरु स्थगित गरिएका छन् ।‘सामान्य ज्वरो आएको छ, बढी थकान भएपछि सहभागी हुने कार्यक्रमहरु रोकिएका छन्,’ ओलीका प्रेस सल्लाहकार रामशरण बजगाईंले रातोपाटीसँग भने । गत फागुनमा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।