काठमाण्डौ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ ।
शुक्रबारदेखि उहाँमा सामान्य ज्वरो आएको उहाँका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो । उहाँका अनुसार सामान्य ज्वरो आएपछि अध्यक्ष ओलीले पार्टीका विभिन्न कार्यक्रम र भेटघाट गर्न हिजैदेखि बन्द गर्नुभएकाे छ ।
अहिले उहाँ बालकोटमा रहेकाे आफ्नै निवासमा आराम गरिरहनुभएको छ ।