कोरोना महामारीका कारण भएको निषेधाज्ञाले चिया बगानमा काम गर्ने मजदुरहरुको अवस्था जटिल भएको भन्दै ध्यान दिन आग्रह गरिएको छ । सम्वाद समूह झापाको संयोजनमा आइतवार भएको भर्चुअल छलफलमा मजदुर नेताहरुले कोरोनाका कारण मजदुरहरुको परिवार संकटमा परेको भन्दै समयमा नै ध्यान दिन सरोकारवालाहरुको ध्यान जानुपर्नेमा जोड दिइएको छ ।
सञ्चालनमा रहेका चिया बगान र उद्योगमा न्यूनतम् स्वास्थ्य सुरक्षा मापदण्डको पालना नभएको पनि सो अवसरमा आवाज उठेको छ । कोरोनाका कारण टोकला, मित्तल र गुप्ता चिया बगानका ११ सय ५० भन्दा बढी मजदुर कामविहीन भएको पनि मजदुर नेताहरुले बताएका छन् ।