सप्तरीको राजगढ गाउँपालिकामा रहेका ४९ जना कुपोषित बालबालिकामध्ये २० जनामा क्षयरोग देखिएको छ। गाउँपालिकाबाट टिबी स्क्रिनिङका लागि राजविराज गजेन्द्रनारायण सिंह अस्पताल आएका पाँच वर्षमुनिका ४९ जनामध्ये २९ जनामा कडा कुपोषण र २० जनामा क्षयरोग देखिएको अस्पतालले जनाएको छ।गाउँपालिकामा आसमा नेपाल र डब्लुएचओको पोषण कार्यक्रमअन्तर्गत नमुना परियोजना कार्यक्रम दुई वर्षदेखि सञ्चालनमा छ। उनीहरूले लिटो र जाउले पाइरहँदा समेत प्रयोग गर्न नजानेर समस्या न्युनिकरण हुनुको सट्टा वृद्धि हुँदै गएको स्थानीयले बताए ।