महालेखा परीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको बजेटबाट सञ्चारमन्त्रीका लागि सवारी किनेको देखाएको छ । प्राधिकरणको नाममा रहेको बजेटबाट सूचना तथा सञ्चार मन्त्रीका लागि सवारी किनिएको थियो ।प्राधिकरणको बजेटबाट २०७७ पुस १६ गते मन्त्रीपरिषद्को बैठकले सञ्चार मन्त्रीका लागि २ करोड ५ लाख २५ हजार रुपैयाँको जिप खरिद गरेर २०७८ भदौ २८ गते पत्रबाट हस्तान्तरण गरिएको थियो । मन्त्रिपरिषद्ले सञ्चार मन्त्रीका लागि प्राधिकरणको बजेटबाट सवारी खरिद गर्ने निर्णय गर्दा नेकपा एमालेका नेता पार्वत गुरूङले सूचना त