काठमाडौं : उपत्यकामा मात्रै गत असोज महिनामा सवारी नियम उल्लंघन गर्ने पाँच सय १० सवारीसाधन कारबाहीमा परेका छन्। यातायात व्यवस्था विभागले ट्राफिक प्रहरीको समन्वयमा यी संख्याका सवारीसाधनलाई कारबाही गरिएको जनाएको हो।विभागका अनुसार असोज महिनामा पाँच सय १० सवारीसाधनलाई कारबाही गर्दा चार लाख १० हजार पाँच सय राजश्व असुल गरिएको छ।प्रदूषण स्टिकर नभएको १६,साथमा कागजात पत्र नभएको ८,जथाभावी यात्रु चढाउने २२ सवारीसाधन लगायतलाई कारबाही गरिएको विभागले जनाएको छ।