एमालेको जिल्ला अधिवेशन पुस र प्रदेश अधिवेशन माघमा हुने, केन्द्रबाट मिति तय

नेकपा एमाले केन्द्रीय कमिटी बैठकले जिल्ला र प्रदेश अधिवेशनको मिति तोकेको छ । शनिवारदेखि शुरू भएको बैठकले जिल्ला अधिवेशन पुस २३ गते र प्रदेश अधिवेशन माघ ८ गते गर्ने गरी मिति तोकेको एक केन्द्रीय सदस्यले लोकान्तरलाई जानकारी दिए श्र शनिवारदेखि शुरू भएको बैठक आइतवारसम्म चल्नेछ । बैठकले पार्टीको स्थायी कमिटी र पोलिटब्युरो समेत गठन गर्ने कार्यसूची छ । बैठकले सबै जनवर्गीय संगठनहरूको अधिवेशन फागुन मसान्तसम्म अनिवार्य गर्नुपर्ने निर्णय गरेको छ ।

सम्बन्धित सामग्री

सुदूरपश्चिमका बझाङबाहेक ८ जिल्लामा आज एमाले अधिवेशनः यी हुन् अध्यक्षका आकांक्षी

कैलाली । सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा आज नेकपा एमालेको जिल्ला अधिवेशन हुँदैछ । बझाङ बाहेक कैलाली, कञ्चनपुर, डोटी, बैतडी, अछाम, दार्चुला डडेल्धुरा र बाजुरामा आज जिल्ला अधिवेशन हुन लागेको हो । दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पुस २३ गतेका लागि जिल्ला र आउँदो माघ ८ गतेका लागि पार्टीको प्रदेश अधिवेशन गर्ने निर्धारण […]

एमालेको जिल्ला अधिवेशन पुस २३ गते, माघ ८ गते प्रदेश अधिवेशन हुने

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक विभिन्न १५ वटा एजेन्डामा छलफल गरेर सकिएको छ । बैठकले चितवनमा सम्पन्न महाधिवेशनबाट निर्वाचित सदस्य तथा पदाधिकारीलाई प्रमाणपत्र दिनेदेखि जिल्ला र प्रदेश अधिवेशनको मिति तोक्नेसम्मका निर्णय गरेको छ । जसअनुसार आगामी पुस २३ गते सबै जिल्लाको जिल्ला अधिवेशन गर्ने निर्णय भएको छ । यस्तै माघ ८ गते प्रदेश...

एमालेको जिल्ला अधिवेशन पुस २३ गते, प्रदेश अधिवेशन माघ ८ मा

काठमाडौंः नेकपा (एमाले) को जिल्ला अधिवेशन पुस २३ गते हुने भएको छ। संघीय संरचनामा पहिलोपटक प्रदेश अधिवेशन पनि हुँदैछ। प्रदेश अधिवेशनका लागि माघ ८ गतेको मिति तय भएको छ।  शनिबार बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश र जिल्ला अधिवेशनको मिति तय गरेको हो।  एमालेको केन्द्रीय महाधिवेशन भने मंसिर १०–१४ मा चितवनमा…