प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता नै नगरी पाकिस्तानी संसद्को बैठक स्थगित

काठमाडौं– प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव दर्ता नै नगरी पाकिस्तानी संसद्को बैठक स्थगित गरिएको छ । शुक्रबार प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव संसद्मा दर्ता गर्ने कार्यक्रम थियो । तर, राष्ट्रिय सभाका सदस्य खयाल जमान, पूर्व राष्ट्रपति रफिक तरार एवम् सिनेटर रहमान मल्लिकको निधन भएका कारण शोक व्यक्त गर्दै संसद्को बैठक स्थगित गरिएको जनाइएको छ । बैठकका […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेशसभाको बैठक सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित्

काठमाडौं, १५ बैशाख । गण्डकी प्रदेशसभाको वैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सभामुख नेत्रराज अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको सूचना टाँस गराएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । उक्त प्रस्तावमा आज मतदान हुँदैथियो । तर, प्रस्तावको पक्षमा हस्ताक्षर गरेका जनमोर्चाका सांसद खिमविक्रम शाही बेपक्ता भएका […]

अविलम्ब बैठक बोलाउन माग गर्दै प्रचण्ड-नेपाल पक्षका सांसदले बुझाए ज्ञापन पत्र

प्रदेश सभाको बैठक अविलम्ब बोलाउन माग गर्दै नेकपा प्रचण्ड-नेपाल समूहका सांसदहरूले बाग्मती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा संसद् बैठक सूचना टाँसेर स्थगित गरिएपछि प्रचण्ड-नेपाल पक्षका सांसदहरूले ज्ञापन पत्र बुझाएका हुन् । सांसद अष्टलक्ष्मी शाक्यको हस्ताक्षर रहेको पत्रमा बैठक स्थगित गर्ने गरी बुधवार जारी सूचना सच्याइ अविलम्ब प्रदेश सभाको बैठक बोलाएर अविश्वासको प्रस्तावलाई छिटोभन्दा छिटो टुंग्याउँदा माग गरिएको छ । प्रचण्ड-नेपा...

वाग्मती प्रदेशसभाको बैठक बिहानै सूचना टाँसेर स्थगित

काठमाण्डाै – वाग्मती प्रदेशसभाको बैठक बिहानै सूचना टाँसेर स्थगित गरिएको छ । आज दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको हो । सभामुख सानुकुमार श्रेष्ठले विशेष कारण देखाउँदै बैठक स्थगित भएको जानकारी दिनुभयो । वाग्मती प्रदेशसभामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल समूहका ४५ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध गएको पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । अविश्वासको प्रस्ताव माघ ९ गते प्रदेशसभामा ट...

प्रदेश १ मा सत्ता पक्षका सांसदबाटै प्रदेशसभा बैठक अवरोध

काठमाडौं । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक नेकपा ओली समूहले अवरुद्ध गरेको छ । आइतबार दिउँसो बसेको प्रदेशसभा बैठक ओली समूहका सांसदहरुले अवरुद्ध गरेका हुन् । उनीहरुले बैठक अवरुद्ध गरेपछि अविश्वासको प्रस्ताव दर्ता हुन सकेन ।ओली समूहका सांसदहरुले विरोध जनाएलगत्तै सभामुख प्रदीप भण्डारीले फागुन ९ गतेसम्मका लागि बैठक स्थगित भएको...

सभामुखले सिस्टमको धज्जी उडाए : अष्टलक्ष्मी शाक्य

प्रदेशसभा सदस्य तथा नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ शाक्यले प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा त्यस विषयलाई टुङ्ग्याउनुपर्ने जिम्मेवारीबाट सभामुख पन्छिएर बैठक स्थगित गरेको र स्वेच्छाचारी ढङ्गबाट अलोकतान्त्रिक काम गरेकोले यसको घोर विरोध गर्ने जनाइन् ।

प्रदेशसभा बैठक नेताहरुको शुभकामनापछि स्थगित

बागमती प्रदेशको प्रदेश सभाका सातौँ आधिवशेन सुरु भएको छ । बागमती प्रदेश सरकार गठन भएको तीन वर्ष पुग्नै लाग्दा मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेश सभाको अधिवेशन बुधबारबाट सुरु भएको हो । अविश्वास प्रस्ताव छिटो टुङ्गो लाग्ने विश्वाससहित प्रदेश सभाका सदस्यहरुले अधिवेशनको शुभकामनाको साथै अन्यौलता नलम्ब्याउन र लोकतान्त्रिक विधिबाट निर्णयमा पुग्न माग गरेका थिए । तर सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसममका लागि प्रदेश सभाको बैठक स्थगित गरिएको जानकारी दिनुभयो । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले असंवैधानिक ढङ्गले गरिएको प्रतिनिधि सभा विघटनले अस्थिरता सिर्जना गरेको भन्दै सच्चिनुपर्ने बताउनुभयो । प्रदेश सभाको बैठकमा शुभकामना दिँदै मुख्यमन्त्री पौडेलले प्रदेश सभामा देखिएको फरक मत र असन्तुष्टिहरुलाई सम्मान गरिने बताउनुभयो । पाँच वर्षका लागि जनताबाट अख्तियारी पाएको सरकारका प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेपछि फरक अवस्था सिर्जना भएको बताउँदै उहाँले केन्द्रमा विवादले केही अन्यौल र तीब्र धु्रबिकरणको प्रतिबम्ब प्रदेश सरकारमा परेको छ भन्नुभयो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता इन्द्रबहादुर बानियाँले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मर्म र भावना विपरीत प्रतिनिधि सभा विघटन गरेको बताउँदै जनताले दिएको स्थिर सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र उसको नेतृत्वको सरकारले अस्थिरता सिर्जना गरेको बताउनुभयो । नेकपा फुटोस् भन्ने पक्षमा काँग्रेस छैन, तपाईहरु मिल्नुहोस्, भन्दै नेता बानियाँले भन्नुभयो, संविधान बनाउने समयको मनसाय र परिकल्पना विपरीत प्रतिनिधि सभ विघटन गरेर नेकपा र प्रधानमन्त्री ओलीले जनताको अपहेलना र लोकतन्त्रप्रति वितृष्णा फैलाउने काम गरेको छ । नेकपाका नेता अष्टलक्ष्मी शाक्यलेले प्रधान