प्रदेश सभाको बैठक अविलम्ब बोलाउन माग गर्दै नेकपा प्रचण्ड-नेपाल समूहका सांसदहरूले बाग्मती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका छन् ।
मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा संसद् बैठक सूचना टाँसेर स्थगित गरिएपछि प्रचण्ड-नेपाल पक्षका सांसदहरूले ज्ञापन पत्र बुझाएका हुन् ।
सांसद अष्टलक्ष्मी शाक्यको हस्ताक्षर रहेको पत्रमा बैठक स्थगित गर्ने गरी बुधवार जारी सूचना सच्याइ अविलम्ब प्रदेश सभाको बैठक बोलाएर अविश्वासको प्रस्तावलाई छिटोभन्दा छिटो टुंग्याउँदा माग गरिएको छ ।
प्रचण्ड-नेपा...