काठमाडौं : काठमाडौं उपत्यकासहित आठ जिल्लाका १२ देखि १७ वर्षसम्मका किशोरकिशोरीलाई भोलिदेखि लगाइने भनिएको कोरोनाविरुद्धको खोप अभियान स्थगित भएको छ। सिरिन्ज अभावका कारण फाइजर खोप अभियान रोकिएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खोप शाखाका प्रमुख सागर दाहालका अनुसार सिरिन्ज आउने क्रममा रहेको र आइसकेपछि खोप लगाउने नयाँ तालिका सार्वजनिक गरिने बताए। मन्त्रालयले पुस १३ देखि पुस २२ गतेसम्म बागमती प्रदेशअन्तर्गत उपत्यकाका तीन जिल्लासहित काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, सुदूरपश्चिम प्रदेशको डडे