गाउँमाथिको ठूलो ढुङ्गा खस्ने त्रासमा २० घरधुरी

हुम्लाको खार्पुनाथ गाउँपालिका–३ को कारङ्गा गाउँका २० घरधुरी ढुङ्गा खस्ने त्रासको उच्च जोखिममा रहेका छन् । गाउँको माथिपट्टिको भिरमा ठुलो ढुङ्गा रहेको र त्यो खस्ने थालेपछि  ती घरधुरी  उच्च जोखिममा परेका हुन् । कारङ्गा गाउँका बस्तीमा ढुङ्गा खस्न थालेपछि पहिरोको उच्च जोखिममा परेको स्थानीयवासी हिर सिंहले बताए । बस्तीमाथिको जमीन भासिँदै गएपछि कारङ्गा गाउँ पहिरोको उच्च जोखिममा रहेको हो । बस्तीभन्दा करिब १०० मिटरमाथि जमिन भासिएको छ । गाउँपालिकाले कुनै वास्ता नगरेको तथा प्र

सम्बन्धित सामग्री

सिंगटीको पीडा- बग्ने खतरामा तपतपे, खोलिखिम बजार जोखिममा

दोलखा । बस्तीमाथिको ढुङ्गा बग्न थालेपछि दोलखाको उत्तरी सिंगटी खोलिखिम बजारका ७८ भन्दा बढी घरधुरी उच्च जोखिममा परेका छन् । दोलखाको विगु गाउँपालिका–४ माईथानमा रहेको तपतपे ढुङ्गा बग्न थालेपछि सिंगटीको खोलिखिम बजार जोखिममा परेको हो । गत वर्षबाटै तपतपे ढुङ्गामा हलचल शुरू भए पनि केही दिनको अविरल वर्षाले गत भदौ ९ गते रातिबाट आसपासको माटो […]

सिंगटीको पीडा : तपतपे ढुङ्गाको त्रास

दोलखा।  बस्तीमाथिको ढुङ्गा बग्न थालेपछि दोलखाको उत्तरी सिंगटी खोलिखिम बजारका ७८ भन्दा बढी घरधुरी उच्च जोखिममा परेको छ । दोलखाको विगु गाउँपालिका वडा नम्बर– ४ माईथानमा रहेको तपतपे ढुङ्गा बग्न थालेपछि सिंगटीको खोलिखिम बजार जोखिममा परेको हो । गतबर्षबाटै तपतपे ढुङ्गामा हलचल सुरु भएपनि केही दिनको अविरल बर्षाले गत भदौ ९ गते रातिबाट आसपासको माटो […]

पहिरोको जोखिमबाट बच्यो काराङ्गा गाउँ

हुम्लाको खार्पुनाथ गाउँपालिका–२ काराङ्गा गाउँमा रहेको जोखिमपूर्ण चट्टान हिल्सा सिमकोट सडक योजनाको पहलमा फुटाइएको छ । बस्ती नै जोखिम भएपछि हिल्सा–सिमकोट सडक योजना र नेपाली सेनाको बहरा दल गुल्मको पहलमा चट्टान फुटाइएको हो ।लगातार वर्षाले चट्टान खस्न सक्ने जोखिमबाट त्रसित यहाँका वासिन्दा ढुक्क भएका छन् । यहाँका २० घरधुरी ढुङ्गा खस्ने त्रासको उच्च जोखिममा रहेका थिए । वर्षासँगै भिरमा रहेको उक्त चट्टान खस्न थालेपछि सेनाको सहयोगमा पन्छाउने काम भएको योजना प्रमुख विसुनदास लामाले जानक

घरमाथिबाट ढुङ्गा खस्न थालेपछि हुम्लामा सात परिवारलाई सुरक्षित ठाउँमा सारियो

हुम्ला - हुम्लाको खार्पुनाथ गाउँपालिका –३ कारङ्गाका सात घरका परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । घरमाथिबाट ढुङ्गा खस्न थालेपछि उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुले अहिले नजिकैको आफन्तकोमा बसिरहेका छन् । २० घरधुरी रहेको त्यो क्षेत्रमा पहिरोको जोखिम बढेको छ । त्यहाँको अवस्था बुझ्न प्रहरीको टोली त्यसतर्फ गएको पनि अध्यक्ष रावलले जानकारी दिनुभयो ।

पहिरोको उच्च जोखिमसँगै सात घर विस्थापित

जिल्लाको खार्पुनाथ गाउँपालिका–३ कारङ्गा गाउँका सात घर परिवार पहिरोको उच्च जोखिम बढेसँगै बसाइँ सरेका छन् । कारङ्गामा बस्दै आएका २० घरधुरीमध्ये सात परिवार पहिरो खस्ने डरले आफन्तको घरमा बसाइँ सरेका हुन् ।गाउँमाथि रहेको माटोे र ढुङ्गा खस्न थालेपछि एउटा घरको माथिल्लो तलामा क्षति पुगपछि बसाइँ सरेको हस्तबहादुर शाहीले गुनासो गरे । गाउँको माथिपट्टिको भिरमा ठुलो ढुङ्गा रहेको र त्यो खस्न थालेपछि सात घरधुरी उच्च जोखिममा परेपछि बसाइँ सरेका हुन् । भिरमा रहेको ठूलो ढुङ्गा आसपास क्षेत्रबाट ससाना