हुम्लाको खार्पुनाथ गाउँपालिका–२ काराङ्गा गाउँमा रहेको जोखिमपूर्ण चट्टान हिल्सा सिमकोट सडक योजनाको पहलमा फुटाइएको छ । बस्ती नै जोखिम भएपछि हिल्सा–सिमकोट सडक योजना र नेपाली सेनाको बहरा दल गुल्मको पहलमा चट्टान फुटाइएको हो ।लगातार वर्षाले चट्टान खस्न सक्ने जोखिमबाट त्रसित यहाँका वासिन्दा ढुक्क भएका छन् । यहाँका २० घरधुरी ढुङ्गा खस्ने त्रासको उच्च जोखिममा रहेका थिए । वर्षासँगै भिरमा रहेको उक्त चट्टान खस्न थालेपछि सेनाको सहयोगमा पन्छाउने काम भएको योजना प्रमुख विसुनदास लामाले जानक