काठमाडौँ। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सबै सांसदहरुलाई अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ को पुनः जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन र सदनमा भाग लिँदा अनिवार्य मास्क लगाउन आग्रह गरेका हुन्।