काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ को पुनः जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन र सदनमा भाग लिँदा अनिवार्य मास्क लगाउन आग्रह गरेका छन्। बैठकमा सभामुखको आग्रपछि सांसदहरुले मास्क लगाएका छन् ।
मुलुकमा केही दिनयता कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण फैलिएको र यो दैनिक रुपमा बढ्दै गएपछि आवश्यक शतर्कता अपनाउन सरकारले आव्हान गरिरहेको छ । यसबीचमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद, कर्मचारी तथा सदनमा भाग लिन आउने सबैले अनिवार्य मास्क लगाउन आग्रह गर्नुभएको छ । सभामुख सापकोटाले आफूले मास्क लगाएर बैठकमा उपस्थित हुँदै कोभिड १९ को पुनः जोखिम …