डेढ मिटरमा सांसदको कुर्सी

काठमाडौं : आज अपरान्ह ४ बजेदेखि संसदको बजेट अधिवेशन सुरु हुँदैछ। कोरोना भाइरसको जोखिम रहेकै बेला संघीय संसदको बजेट अधिवेशन सुरु हुन लागेको हो। सभामुख अग्निप्रसाद सापकोटाले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सम्पूर्ण तयारी पूरा भइसकेको बताएका छन्। सांसदहरू बस्ने कुर्सीहरुबीच अन्तर राख्ने, मास्क अनिवार्य ...

सम्बन्धित सामग्री

संकटमा खगराजको सरकार, सांसदको ठट्टाः कुर्सी साटिने भयो !

पछिल्लो राजनीतिक घटनाक्रमले खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकार संकटमा परेको छ ।

संसद् बैठकमा हराउने सांसदलाई प्रविधिले बाँध्दै

काठमाण्डौ – जनप्रतिनिधि अर्थात् सांसदहरू सदन र संसदीय समितिभन्दा बाहिर रमाउन थालेपछि त्यस्तो प्रवृत्ति रोक्न संसद् सचिवालयले विद्युतीय हाजिरी यन्त्र जडान गर्ने तयारी सुरु गरेको छ ।  संसद् र समितिका बैठकमा कुर्सी खाली राखेर सांसदहरू हाजिर गर्नासाथ बाहिर जाने क्रम बढेपछि सचिवालयले विकल्पका रूपमा विद्युतीय हाजिरी व्यवस्थापन गर्न लागेको हो ।  संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले कोरोना सङ्क्रमण हटेको औपचारिक घोषणा भइनसकेको तर सांसदको उपस्थितिको अभिलेख राख्नुपर्ने पक्षलाई दृष्टिगत गरि हातको औँला वा मुख...

नयाँ सांसदको स्वागतअघि बागमती प्रदेशसभा भवन चिटिक्क पारिँदै

२६ मंसिर, हेटौंडा । ४ मंसिरको चुनावबाट नयाँ जनप्रतिनिधि निर्वाचित भएपछि बागमती प्रदेशसभा सचिवालयले पुरानो प्रदेशसभा भवन मर्मत सम्भार र रङरोगन सुरु गरेको छ । प्रदेशसभाको नयाँ अधिवेशन नयाँ भवनबाटै सुरु गर्न सम्भव नभएपछि पुरानो भवन नै मर्मत सम्भार गरिएको हो । टेबुल, कुर्सी, माइक राख्ने, पार्केटिङ गर्ने र रङरोगनका कामहरु भइरहेको प्रदेशसभा सचिवालयका सचिव […]

नयाँ सांसदको स्वागतका लागि यस्तो छ कर्णाली प्रदेशसभा सचिवालयको तयारी

सुर्खेत । आम निर्वाचन ०७९ सम्पन्न भएसँगै कर्णाली प्रदेशसभा सचिवालय नवनिर्वाचित सांसदको स्वागतका लागि तयारीमा जुटिरहेको छ । त्यसका लागि पदाधिकारीका कार्यकक्ष व्यवस्थापनदेखि रङरोगन, सरसफाइ, बगैँचा सजावट तथा गोडमेलका काम भइरहेका हुन् ।सचिवालयका अनुसार पुराना सोफा परिवर्तन गर्ने, भत्केबिग्रेको सामग्री फेरबदल गर्ने र रङरोगनका काम धमाधम भइरहेका छन् । सञ्चारका सामग्री, कुर्सी, टेबुल, हल, कार्पेटिङ, गाडीहरूको मर्मत कार्य, पुस्तकालय, सभाकक्ष, बैठक कक्षहरूलाई चुस्त, दुरुस्त गर्ने काम भइरहेको सचिवालयका कर्

संसद हापेर कहाँ जान्छन् सांसद? जल्दाबल्दा बिषयमा छलफल हुँदा पनि कुर्सी खाली!

काठमाडौं : जनताका मुद्दाहरुलाई लिएर सांसदहरुले सरकारको ध्यानकर्षण गर्ने थलो हो - प्रतिनिधि सभा। नीति निर्माणमा मात्रै होइन जनताका विभिन्न मुद्दाहरु पनि सांसदको सरोकारका विषय हुन्। सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले सांसदले उठाएका प्रश्नको जवाफसमेत दिने व्यवस्था छ, संसदमा। बिहीबारको प्रतिनिधि सभाको बैठकमा पनि सांसदहरुले विभिन्न विषयहरु उठाए। नेकपा(एकीकृत समाजवादी)कि सांसद समीना…

कुर्सीमा के छ हजुर ?

मन्त्रिपरिषद् पनि शेयर बजारजस्तै आज बढ्ने भोलि घट्ने, कुनै ठेगान नभएकोे पो भो त । हिजो मन्त्री भए, सम्मान लिँदा लिँदै भूतपूर्व । हरे ! हिजोको त्यत्रो बडेमानको माला सुक्नै नपाई जागीर चैट । हैट, असंवैधानिक छ भनेर जान्दाजान्दै कुर्सीमा बस्न कत्रो रहर ? डाँटेर,  छलेर, धम्क्याएर, थर्काएर, फुक्र्याएर, अनेक थोक गरेर कुर्सी चाहिने, तर एकपल्ट पाएपछि छाड्न नहुने । ज्यान र इज्जतभन्दा ठूलो कुर्सीमा त्यस्तो कुन शक्ति छ हँ ? उहिले त्रेतायुगमा रावणको नाभीमा अमृत थियो रे । शायद अहिले नेताहरू बस्ने कुर्सीमा अमृत छ र त कुर्सीका लागि यत्रो महाभारत छ । कतिपय नेताले आफ्नो प्राण सांसदको पदमा राखेका छन् । जसै तिनको सांसदको पद खोसिन्छ, हाल यस्तो हुन्छ कि तिनको प्राण अहिले निक्ल्यो वा भरे नै निक्ल्यो जस्तो हुन्छ । दन्त्यकथामा दैत्यहरूसँग यस्तो जुक्ति हुन्थ्यो कि आफ्नो प्राण कुनै सुगा, मैना वा कुनै चराभित्र राखेर आफू सुरक्षित हुन्थे । जति नै पटक उसलाई पहाडबाट तल खसाले पनि, उल्टो बनाएर झुन्ड्याए पनि, टाउको तरबारले छुट्याए पनि दैत्यको रौं समेत बांगिदैनथ्यो रे । तर जसै दैत्यको प्राण राखेको सुगाको घाँटी निमोठिन्थ्यो, दैत्यको तत्क्षण मृत्यु हुन्थ्यो रे । आधुनिककालमा पनि हाम्रा नेता मन्त्रीहरूमा आफ्नो प्राण जोगाएर राख्ने शक्ति कुर्सीमा हुँदो रहेछ । त्यसैले उनीहरू हरतरहले कुर्सी जोगाउन वा गुमेको कुर्सी पुनः पाउन मरिहत्ते गर्दा रहेछन् । जुन जुन नेता, मन्त्रीसँग यो कुर्सी जोगाउने वा गुमेको कुर्सी पुनः पाउने जुक्ति छ, तिनलाई इन्द्रका बाबु चन्द्रै आए पनि केही बिगार्न सक्तैन । उनीहरूलाई न त महँगीले छुन सक्छ, न दुर्घटनाले ज्यान लिन सक्छ, न भूकम्प वा कुनै महामारीले । तर मन्त्रीबाट खुस्केपछि चाहिँ जे पनि हुन सक्छ । त्यसैले मन्त्री बन्न मारामार छ । तर ग्रहदशा बिग्रियो र समयमै ग्रह शान्ति पूजा गर्न छुट्यो भने तात्तातै मन्त्री खुस्कन पनि बेर नलाग्ने रहेछ । ग्रहदशा ठीक छ भने चैं ५/५ मन्त्रालय पनि एक्लैले पाइने रहेछ । जबसम्म आफ्नो प्राण कुर्सीमा राखेका मानिसका कुर्सीलाई केही हुन्न, तिनलाई पनि कुनै आपत् नआउने रहेछ । केही समययता केही नेताले कुर्सीका लागि यतिसम्म तल गिरेर, यति धेरै हुरुक्क हुनुको मुख्य कारण नै कुर्सीमा उनको प्राण अडेकोले रहेछ । कुर्सी गयो भने उनको आन, मान र शान मात्र होइन, ज्यानै पनि फुत्त जाने रहेछ । त्यसैले विगतमा कतिपय मन्त्री भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्ने प्रमाणहरू हुँदा हुँदै पनि तिनका ज्यान बचाउनकै लागि सरकारले उनीहरूको कुर्सी नखोसेको रहेछ । पाए त आर्यघाटमा पनि कुर्सीमै जान्थे कि ? जसरी कतिपय मन्त्रीले कुर्सीमा आफ्ना प्राण राखेका छन्, त्यसरी नै कतिपय नेताले आफ्नो प्राण सांसदको पदमा राखेका छन् । जसै तिनको सांसदको पद खोसिन्छ, हाल यस्तो हुन्छ कि तिनको प्राण अहिले निक्ल्यो वा भरे नै निक्ल्यो जस्तो हुन्छ । प्रतिनिधिसभाको पछिल्लो चुनावमा हार बेहोरेका कारण सांसदको सिट पाउनबाट वञ्चित कतिपय नेताको ज्यान बचाउन कुनै उपाय निकालेर उनीहरूलाई राष्ट्रियसभाको सिट दिएर जिउँदो राख्ने बन्दोबस्त पनि गरियो । राष्ट्रियसभामा सिट पाउनेबित्तिकै तिनीहरू बौरिए । तर त्यसरी सिट सुरक्षित गर्न नसकेका केही नेता, मन्त्री भने अहिले फेरि भूपू अर्थात् भूतलोकमा भूतप्रेतजस्तो भएर भौंतारिइरहेका छन् । यसरी त्यस्ता पुराना थुप्रै नेताहरू अझै न स्वर्गमा, न त पृथ्वीमा छन् । बेलाबेलामा उनीहरूको चित्कार पृथ्वीसम्म पनि आइपुग्छ । धेरैको त कुर्सीको पनि प्राण अन्तै हुँदो रहेछ । केही समयअघि एकजना ठूलै नेताको कुर्सी धरापमा पर्‍यो । उनले सो कुर्सी जोगाउन विश्व इतिहासमै कसैले प्रयोग नगरेका उपायहरू गरिरहेका छन् । उनको क्रियाकलापले स्पष्ट देखाउँछ कि उनको प्राण कुर्सीमै अडेको छ । कुर्सीविना उनी एक सेकेन्ड पनि बाँच्न सक्तैनन् । त्यसैले उनी आफू बसेको कुर्सीलाई कहिले रातारात कुनै ठूलै निवासभित्र लगेर लुकाउँछन् । कहिले उनी त्यो कुर्सीलाई लगेर कुनै इजलाशभित्र घुसाइदिन्छन् । अनि कहिले अदालतलाई धम्क्याउँछन् त कहिले शीतल भवनमा रातिराति गएर सुस्ताउँछन् । आप्नो प्राण बसेको सो कुर्सी जोगाउन उनी जे जे गर्न पनि तयार देखिन्छन् । चाहे त्यसको ठूलै मूल्य ती देशका नागरिकले तिर्न किन नपरोस् । वास्तवमै उनको कुर्सी जोगाउने यो हर्कतबीच थुपै निर्दोष शहीद भइसकेका छन् । हो, यी नेता अमर छन् । उनको कतिपटक ठूलै अपरेसन पनि भए । यिनी मानसिक रूपमा त ठीक देखिँदैनन् । तर उनको गाथमा भने आरामै आराम छ । उनको अनुहार, हाउभाउले पनि यो बताइरहेकै हुन्छ । किनकि उनको प्राण उनको कुर्सीमा अडेको छ र त्यो कुर्सी अन्त कसैमा अडेको छ । ती कतिपय बिचौलिया, कालाबजारी, तथाकथित ठूला व्यापारी र ठूलै छिमेकी हुन् रे । जबसम्म तिनलाई केही हुन्न, यिनको कुर्सीलाई पनि केही हुन्न । केही समययता भने यिनको कुर्सीमा पनि ग्रहण लाग्न लागेको छनक देखिँदै छ । तराजु ढल्केर हो वा शान्तिस्वस्ति गरेको नमिले जस्तो छ । यी उदाहरणहरूबाट प्रस्ट हुन्छ कि केही मानिससँग आफ्नो प्राणलाई कहिल्यै नाश नहुने कुरामा स्थानान्तरण गर्ने प्रविधि छ । सरकारले पनि ‘सर्वजन हिताय, सर्वजन सुखाय’को भावनाको परिचय दिँदै यस्ता अमर हुने प्रविधि सामान्यजनका लागि पनि सर्वसुलभ बनाउन थाल्नुपर्छ । त्यसो गरेमा उनीहरूले पनि आफ्नो प्राणलाई लगेर कहिल्यै नाश नहुने चीजमा राखेर सुरक्षित हुन सक्थे । चाहे महँगीले आकाश छोओस्, चाहे स्वाइन फ्लू, डेंगी वा कोरोना फैलियोस्, वा बाढी, पहिरो आओस्, भोकमरी छाओस्, त्यसले उनीहरूलाई केही फरक पर्दैनथ्यो । अहिलेजस्तो विना कुनै आफ्नो कसुर अकालमा ज्यान त जाँदैनथ्यो ! त्यसैले, हे शक्तिशाली, सुरक्षित, महान् आत्माहरू, लौ न ! कुर्सी नभाका हामी सामान्यजनलाई पनि आप्mनो प्राण सुरक्षित राख्न सक्ने उपाय बताइदिनोस् र हाम्लाई पनि अलिकति बाँच्ने अवसर दिनोस् न !

https://www.onlinekhabar.com/2020/03/844906

४ चैत, जनकपुरधाम । प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्न मंगलबार विहान बोलाइएको प्रदेश २ को प्रदेशसभा बैठकमा दिउँसोसम्म सांसदको संख्या पातलिएको छ । झण्डै १ घन्टामै प्रदेशसभाको अधिकांश कुर्सी खाली भयो । विहानैदेखि छलफल कार्यक्रम …

न सांसद, न मन्त्री! बजेट छलफल सुन्ने ‘कुर्सी’, सांसदले जनाए आपत्ती

जेठ १५ गते संसदमा पेश भएको बजेटमाथि सोमबार एक महिना पछि छलफल सुरु भयो। निर्वाचनको मतपरिणामको माहोलबीच छलफल सुरु भए पनि सांसदको चासो बजेट छलफलमा छैन। चासो छ त - स्थानीय तहको मतपरिणाममा। निर्वाचनका लागि जिल्ला गएका सांसदहरु अझै काठमाडौं फर्किसकेका छैनन्। संसदको बैठकका अधिकांश कुर्सीहरु खाली छन्। अनि खाली कुर्सी संसदको बीचमा फाट्टफुट्ट देखिने…