झण्डा र डण्डा खोसिएपछि उपायहीन बनेका पराजुली अदालत नगई मोडिए शीतलनिवास

१ चैत, काठमाडौं । न्यायपरिषदको सचिवले आफूलाई पदमुक्त गर्नै नसक्ने भन्दै गोपालप्रसाद पराजुलीले विहीबार नियमितरुपमा सर्वोच्च अदालत जाने प्रतिक्रिया दिएका थिए । विहीबार बिहान पराजुलीसँग सम्पर्क गर्दा पनि उनी अदालत जाने तयारीमै थिए । तर, एकाएक रामशाहपथको बाटो मोडिएर उनी शीतलनिवासतर्फ लागेपछि सर्वोच्च अदालतमा माहौल फेरियो । जोशीको हतारो बिहान १० बजेसम्म पनि …

सम्बन्धित सामग्री

इमानदारै इमानदारका बीचमा

फरक दल फरक झण्डा  फरक घोषणापत्र फरक फण्डा कहिले धम्की कहिले डण्डा देशको दोहन एउटै धन्दा  कहिले फुट्ने कहिले जुट्ने ध्येय एकै देश लुट्ने । हो, म सोच्थेँ कि यो युगमा इमानदार मान्छे पाउन असम्भव छ । तर अचेल त म जताततै इमानदारै इमानदार पो देख्छु त । शास्त्रहरूमा कलिपछि सत्य युग आउँछ भन्ने पढेको हो । तर नेपालमा त द्वापर युगपछि सीधै सत्य युग आएजस्तो लाग्न थालेको छ । जहाँ गयो, त्यहीँ इमानदारको ताँती । देशमा यस्ता यस्ता इमानदार खासगरी सरकारी कर्मचारी, नेता आदि जातका मान्छे रहेछन् कि उनीहरू हरेक काम भयंकर इमानदारीपूर्वक गर्दा रहेछन् । जस्तै, कसैलाई गोली नै हान्न परे पनि इमानदारीपूर्वक नै हान्दा रहेछन्, ताकि उसलाई यस्तो नलागोस् कि गोली हान्ने मान्छेले प्रेमपूर्वक हानिरहेको छ । कसैको पकेट मार्न होस्, गाँस काट्न होस् या घाँटी नै काट्नुपरे पनि पूरै इमानदारीसँग काट्ने रहेछन् । कहाँ त्यस्तो हुन्छ भन्नुहोला । विभिन्न करका नाममा विभिन्न सरकारहरूले तपाईंबाट जबर्जस्ती उठाउने कर वा सडकमा मकै पोलेर बेचेर आफ्ना बालबच्चा पढाउने, हुर्काउने गरेकोमा त्यो हठात् रोक्नु भनेको कुनै गला काट्ने काम भन्दा फरक हो र ? हैन नि । यसको मतलब शासकहरूले बदलामा कुनै सुविधा नदिई जनतालाई केवल एटीएम मेशिनबाट पैसा निकालेजस्तो कर उठाउने काम इमानदारीपूर्वक गरिरहेकै छन् त । कतिपय मान्छेहरू बाहिर बाहिर त माया गरेजस्तो गर्छन्, तर भित्रभित्रै गला काट्छन् । तर हाम्रा सरकारहरू गोली हान्ने भए सीधै गोली हान्छन्, गला काट्ने भए गला । यसमा सरकारले दायाँ बायाँ हेर्दैन वा दाँया बाँया गर्दैन । उसले जे गर्नुपर्ने हो, त्यो गर्छ गर्छ । विवादास्पद छवि भएका व्यक्ति ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्नु पनि त्यही इमानदारीको पुष्टि हैन र ? नेपालका राजनीतिक दलहरूलाई नै हेर्नुस् न । सत्तामा हुँदा तथ्यांकमा देशको विकासले उचाइ छुन्छ । प्रतिपक्षमा पुग्नासाथ त्यही मिथ्यांक बन्छ, अर्थतन्त्र खत्तम र बर्बाद बन्छ । सांसदहरू पनि आफ्नो दलको सरकार छ भने उसले गलत गरे पनि चुइँक्क बोल्दैनन् । आफ्नो दल प्रतिपक्षमा छ भने संसद् कुनै हालतमा पनि चल्न दिँदैनन्, चाहे सत्तापक्षले कुनै सही काम नै गरेको किन नहोस् । यो हो नि इमानदारी भनेको, पार्टीप्रति बफादारी भनेको ।  यसको मतलब के जनता चैं इमानदार छैनन् त ? जनता त झन् इमानदार छन् नि । पहिलो कुरा त जनताले भोट दिए भने पूरै इमानदारीसँग दिन्छन् । जसको पैसा लिएको छ, जसको दारु पिएको छ, जसको कुखुरा चपाएको छ, उसैको चुनाव चिह्नमा इमानदारीपूर्वक छाप लगाउँछन् । कोठाभित्र दिइने गोप्य मतमा समेत यस्तो इमानदार देखाउने बहादुर दुनियाँमा अन्त कतै होलान् त ? के सरकारी कर्मचारी पनि इमानदार छन् त ? ल सबैभन्दा इमानदार नै देशमा कर्मचारी नै त हुन् । पैसाप्रति इमानदारी । उनीहरू कसैको पनि काम पैसा नलिई सित्तैमा गर्दै गर्दैनन् । पहिला पैसा छनछन गन्न लाउँछन् अनि काम गर्दिन्छन् । पैसा नपाए कहिले के भएन, कहिले के मिलेन भनेर यता र उता लखेटिरहन्छन् । यो हो नि इमान्दारीको नमूना । नूनको सोझो गर्न उनीहरू पछि पर्दै पर्दैनन् । उनीहरू कतिपय जनप्रतिनिधि जस्ता पनि छैनन्, जो पैसा नलिई पनि काम गर्दिन्छन् । कर्मचारी त अगाडि वा सीधै पैसा लिन मिलेन भने पनि पछाडिको ढोकाबाट पैसा दराजमा राख्न लगाएर भने पनि दाम लिएपछि मात्र काम गर्दिन्छन् । यसको मतलब सीधै लिनुको साटो घुमाएर पैसा लिने काम त बेइमानी भयो नि भन्नुहोला होइन नि । उनीहरू इमानदार नै हुन् । त्यै भएर त उनीहरू सरकारी सेवामा ठूलठूला पदमा पदासीन हुन पुगेका । केवल उनीहरूका इमानदारीको तरीका अलि फरक मात्र हो । कतिपय मान्छेहरू बाहिर बाहिर त माया गरेजस्तो गर्छन्, तर भित्रभित्रै गला काट्छन् । तर हाम्रा सरकारहरू गोली हान्ने भए सीधै गोली हान्छन्, गला काट्ने भए गला । यसमा सरकारले दाँया बाँया हेर्दैन वा दाँया बाँया गर्दैन ।  हेर्नुस्, उनीहरू कुनै पदमा पुग्नुमा उनीहरूको आफ्नो हात हुँदैन । माथि भन्नैपर्ने हुन्छ । माथि भनेर मात्र पुग्दैन, मोटो थैली नै बुझाउनुपर्ने हुन्छ इमानदारीपूर्वक । यसरी तलकाले माथिकालाई र माथिकाले झन् माथिकालाई इमानदारीपूर्वक थैली चढाउनुपर्ने परम्परा भएपछि यसमा तलकाको कुनै बेइमानी त देखिएन नि । माथिकाको आदेश अनुसार गरिने काम त अनुशासन हो, इमानदारी हो । फेरि दिनेवालाले इमानदारीपूर्वक दिने र लिनेवालाले पनि त्यसैगरी लिने कुरामा त्यसमा असंलग्न अरूहरूले यसमा बेइमानी हो भन्नु चैं बेइमानी हो । फेरि यो देशमा व्यक्तिगत मामला र इमानदारीको मामला फरक फरक कुरा हुन् । अर्को कुरा, कसैले बेइमानी गरिरहेको छ भने उसले आफ्नो ढंगले, आफ्नै बलबुतामा आफ्नै रिस्कमा वा इस्कमा गर्ने कुरा हो । जस्तै, कतिपय डनहरू हिजोआज सांसद्, मन्त्री बनिरहेका छन् । आज उनीहरूलाई कसैले बेइमान भन्ने हिम्मत छ र ? बरु तिनले नै इमानदारीको पाठ पढाइरहेका छन् । कसैले कसैलाई गुण्डा, बदमास, झुटा आदि भन्दैमा मात्र पनि हुँदैन । प्रमाणित हुनुपर्छ । वास्तवमा जो इमानदार छन्, उसैको समाजमा इज्जत हुन्छ । यदि उनीहरू बेइमान रहेका भए उनीहरूको इज्जत कसरी हुन्थ्यो त ? अहिले एयरपोर्टमा १०० केजी सुन समातिएको विषयमा खुब हल्लाखल्ला छ । मानिसहरू विनासित्तीमा सुनमा बेइमानी भयो भनिरहेका छन् । तर त्यसो भन्नेहरूले के बुझिरहेका छैनन् भने त्यत्रो जोखिम मोलेर पनि कसैले लगानी गर्छ वा भन्सार पास गराइदिएबापत केही कमिशन पाउँछ भने यसमा खराबी के छ ? कमिशन खाने काम आफैमा एक कला हो । कमिशन आफ्नो ठाउँमा छ, इमानदारी आफ्नै ठाउँमा । अर्थात् यो काममा बेइमानी कसरी भयो ? बरु बेइमानी चैं यो भयो कि वर्षौंदेखि यसैगरी टनका टन सुन देशमा निर्बाध आइरहेकोमा कसैले रोक्ने काम गर्‍यो । अब हाम्रा र छिमेकका दिदीबहिनीहरूले गहना के लाउँछन् होला खै ? वास्तवमा योे इमानदारीको विषयमा कुरा सुन्दा सुन्दा थकित छु । इमानदारी चीज नै यस्तो हो कि यसले चाँडै थकाउँछ । फेरि कसैले कसैलाई बेइमान सिद्ध नगरुञ्जेल त ऊ इमानदार नै हुने भयो नि हैन र ? त्यसैले म के कुरामा ढुक्क छु भने म जहाँ छु, इमानदारै इमानदारका बीचमा छु ।

पदमुक्त सभामुखले छाडेनन् झण्डा र डण्डा, सचिवालयले असोजको तलब भत्ता नदिने

प्रतिनिधिसभाको कार्यकाल सकिएपछि स्वतः पदमुक्त भएका सभामुख अग्नि प्रसाद सापकोटाले पदीय हैसियतमा प्राप्त सेवा सुविधा त्याग्न अस्वीकार गरेका छन् ।

सेटिङको शासन- बहालवाला प्रधानन्यायाधीशलाई डण्डा, पदमुक्त सभामुखलाई झण्डा !

अग्नि सापकोटा समानुपातिक उम्मेदवार नबन्ने तर्कलाई टेकेर गठबन्धनले असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनसम्म उनलाई सभामुख पदमा कायमै राखेर संसद सचिवालयको रखबारी गर्न खोजेको छ ।

चुनावमा लुटको अवसर

देशभर चुनावी माहौल छ । अर्थात् लुट्ने र लुटाउनेको कतार छ । कोही भोट लुट्न त कोही लुटाउन तयार छन् । चुनाव सुनौलो अवसर हो लुटका लागि । बैंकहरूबाट अर्बौं रुपैयाँ चुनावमा लुटाउन निकालिएको छ । अहिले लुटाउने अनि पाँच वर्षसम्म आरामसँग लुट्ने । लुटको अवसर छ र त लुटमा लगानी छ । जति अभाव उति महँगी । जति महँगी उति नै लुट । औषधि, दूधदेखि दारुमा लुट । अस्पतालदेखि मशानघाटसम्म लुट । भगवान्जस्तै लुट पनि सर्वव्यापी, सर्वशक्तिशाली बनेको छ । पहिले पहिले पसलहरूमा छुटका अफरहरू हुन्थे । अहिले छुटको ठाउँ लुटले लिएको छ । लुट्नलाई सजिलो हुने भएर होला, अहिले त धेरैजसो पूर्व लडाकुमात्र होइन, पूर्व डाँकाहरू पनि राजनीतिमा आएका छन् । अहिले त उनीहरू ‘केही’ बनिसकेका छन् । कम खाँदा उनीहरूलाई ‘सुक्खा रोग’ लाग्ने खतरा छ । त्यसैले उनीहरूलाई खाइरहनुपर्छ र धेरै खानुपर्छ । तर नेताले ईशारा गरे मात्र पनि पुग्छ, बाँकी सबै थोक कार्यकर्ता र आसेपासे अफिसरहरूले पुर्‍याइदिहाल्छन् । असुली अभियानमा ठूला साना सबै कार्यकर्ताले आफ्ना भूमिका निर्वाह गरिहाल्छन् । हुन्न, सक्तिनँ भन्नेहरू सरुवा वा निलम्बनको यात्रामा जान बाध्य हुन्छन् । चुनाव स्थानीय नै भए पनि केन्द्रीय नेता पनि यसमा परिचालित हुन्छन् । केन्द्रीय नेताहरू जब शहरबाट साना शहर र गाउँ पस्छन्, उनीहरूको खाने, पिउने, बस्ने, गाडी, डिजेल, पेट्रोल आदि सबै कुरा स्वतः मातहतहरूको जिम्मा भैहाल्छ । मन्त्री नेताका पीएदेखि भान्छेसम्म भोको बाघजस्ता देखिन्छन्, मौका पर्नासाथ आक्रमण गर्न र लुट्न तयार । हिजोआज चारैतिरको चुनावी वातावरण लुटको छुटका लागि उपयुक्त बनेको देखिन्छ । त्यसैले जनतासँग जसले जेमा जति दाम असुल गरे पनि उचित हुने जस्तो वातावरण बनेको छ । जताततै मिलावट नै मिलावट छ । जसले मिलावट गर्छ, उसले थुपै्र पाउँछ । फस्यो भने थोरै मात्र गुमाउँछ । त्यसैले जनतासँग खोस्नुस्, केवल कम्पनीहरूलाई पोस्नुस् । कोही मर्छन् भने मर्न दिनुस् । मर्नबाट त कसले कसलाई रोक्न सक्छ र ? त्यसो त थुप्रै मानिस शिक्षण पेशा छाडेर समेत राजनीतिमा आएका छन् । उनीहरूले शिक्षण संस्थाहरूमा देखेको वा आफूले प्रयोग गरेको लुटलाई राजनीतिमा पनि प्रयोग नगर्ने कुरै भएन । स्कुल कलेजमा पढाउने कुरामा छूट भए पनि एड्मिशन शुल्कदेखि हरेक शुल्कमा हुने गरेको लुट, कापी किताब किनाउनेदेखि डे«स सिलाउने र टाईदेखि आईडीकार्ड बनाउँदामै लुट, शिक्षक शिक्षिकालाई दिने तलब सुविधा आदिमै लुट । छट्टुहरूले कट्टु र मोजाबाहेक अरूमा नलुटेको केही छैन । यस्तो लाग्छ– अरू थुप्रै क्षेत्रमा जस्तै शिक्षा क्षेत्रमा पनि साँच्चै रामराज्य नै आएको थियो र छ । शिक्षा क्षेत्रमा जस्तै अन्य थुप्रै क्षेत्रमा लुटको यो श्रृंखला जारी छ । ट्रकवालालाई पुलिसले, पुलिसलाई माथिकाले लुटिरहेका देखिन्छन् । बफादार प्रहरीले दिनभर लुटेर साँझ सबैलाई प्रसाद पुर्‍याउन भ्याउँछ र बदलामा आफ्नो भाग पनि लाउँछ । महानगरीय प्रहरीले फुटपाथ पसलेहरूसँग कबड्डी म्याच गर्दै गरिरहेको असुली त झन् दक्षिण भारतीय चलचित्रमा देखाइने गरेजस्तो देखिन्छ । किसानलाई नीति निर्धारक र टाठाबाठाहरूले लुटिरहेकै छन् । जसले कृषिउपजमा लुट्न पाएन, उसले बीउ वा मलमा लुटिरहेको छ । अनि त न किसानले मल हाल्न पाउँछन्, न फसल उब्जिन्छ । अनि खाद्यान्न आयात बढ्यो, कृषिमा अनुदान दिनुपर्‍यो भन्ने तिनै । अनि त्यो अनुदान ठ्याक्क आफू वा आफन्तले पाउने गरी नीति बनायो अनि पोस्ने उनै । अनि अन्नमा पोस किन लाग्थ्यो ? टाठाबाठा पो हुने हो पोसाएको पोसायै । यसरी जति अभाव उति महँगी । जति महँगी उति नै लुट । कस्तो राम्रो काइदा । जान्नेलाई सधैं फाइदा । औषधि, दूधदेखि दारुमा लुट । अस्पतालदेखि मशानघाटसम्म लुट । भगवान्जस्तै लुट पनि सर्वव्यापी, सर्वशक्तिशाली बनेको छ । यसलाई न कानूनले छुन्छ, न पुलिसले थुन्छ, न अदालतले चिन्छ । सबै मिलेपछि इन्द्रका बाउ चन्द्र आए पनि कसैले केही लछारपाटो लगाउन सक्ने होइन । त्यसैले तपाईं यदि भगवान्लाई मान्नुहुन्छ भने पछि नपर्नुहोस् र यो पवित्र अखण्ड कीर्तनमा सहभागी भएर अर्थको भवसागर तर्नुहोस् । चुनाव हार्नुभयो वा राजनीतिमा असफल हुनुभयो भने पनि केही छैन । जिन्दगीमा केही गर्न सक्नुभएन भने पनि कुनै बाबा वा धर्मगुरु बनिहाल्नोस् । मठाधीश कहलिनोस् र जो मूर्ख बन्न तयार छैनन्, उनीहरूलाई भगवान्सँग डराउने बनाउनुहोस् र लुट मच्चाउनुहोस् । यो लुटको अवसरहरू छोड््ने कुरै हुन्न । विश्वमा कहीँ कतै छिसिक्क हुनुहुन्न, यता लुट शुरू गरिहाल्नोस् । देख्नुभएन ? रूसले युक्रेनमा मिसाइल हानेका समाचार आउन नपाँउदै रातारात मिसाइलको गतिमा भाउ आकाशिएको । देशमा केही गरेर देखाउने कुरा गर्नु छ । बैठकमाथि बैठकहरू बस्नुपर्नेछ । समय कटाउनु छ । पञ्चवर्षीय कार्ययोजना बनाउनु छ । घोषणपत्र सार्वजनिक गर्नु छ । पत्रकार सम्मेलन गर्नु छ । त्यसमा तथ्यांक यताउता बनाएर विकास गरेको देखाउनु छ । अनि फेरि उही पुरानै वाचाहरू दोहोर्‍याउनु पनि छ । देश स्वर्ग बनाइसकेँ भन्नु छ । अनि फेरि केही नभएको देखाएर स्वर्ग बनाउँछु भनेर प्रमाणित गर्नु पनि छ । शहर सफा राख्ने, पार्क बनाउने, यति हजार मेगावाट बिजुली निकाल्ने, मोनोरेल, मेट्रो मात्रै किन ? हाइपरलुपकै गफ दिनु छ । हुने नहुने, सकिने नसकिने सबै सपना नबाँडे चुनाव कसरी जित्नु ? गर्नुपर्ने केही होइन, भोटरहरूलाई पनि चाहिएको गफै हो क्यारे । भन्नेलाई पनि थाहा छ र सुन्नेलाई पनि थाहा छ । यदि भन्ने र सुन्ने दुवैलाई यो झुठ हो भन्ने थाहा छ भने त्यो झुठ ठहरिँदैन भन्छन् । जे होस्, सबै प्रकारका झुठ कुरा गरेर पाँच वर्ष फेरि बिताउनु छ । देशलाई जहाँ जानु छ, ऊ त्यहाँ गैहाल्छ । तपाईंको काम त लुट्ने हो, लुटिरहनुहोस् । नीति बनाएर वा नबनाएर लुट्नुहोस् । पुल बनाएर वा भएको पुल भत्काएर लुट्नुहोस् । कतै केही बिग्रियो भने छाती नपिट्नुहोस्, बरु लुट्नुहोस् । जे मिल्छ, स्वीकार भावमा ग्रहण गर्नुहोस् । हे कर्मठ सपुतहरू ! तपाईंहरूलाई लुट्नलाई अधैर्यपूर्वक कुरिरहेको छ लूटतन्त्र । हे वीर ! जाग्नुहोस् । टाउकोमा फेटा बाँधेर वा कम्मरमा सिक्री सजाएर चुनावमा निक्लनोस् । कुनै पनि दलको झण्डा उठाउनुहोस् । जोसुकै अगाडि आए पनि डण्डा लगाउनुहोस् । जोसँग केही पनि बाँकी छैन, ऊसँग पनि लुट्नुहोस् । लोकतन्त्रको सुन्दर पक्ष भनेकै चुनाव हो भन्छन् । यो सुन्दर चुनावलाई आफ्ना लागि पूर्णरूपमा उपयोग गर्नुहोस् । सर्वसाधारणसँग भएको सर्वस्व लुट्नुहोस् । यो चुनावको अवसरमा लुट्ने मौकामा छुट्नुभयो भने फेरि जीवनभरि पछुताउनु पर्ला है !

अन्डा पायो कस्ले

धर्ना बसी सडकमा झण्डा पायो कस्ले हुन्न भनि कराउँदा डण्डा पायो कस्ले।। गर्मी अझै चढ्या छैन जाडो बाँकी छँदै दमकलको पानीबाट ठण्डा पायो कस्ले।। आफ्नो अक्कल पुच्छरमा अर्काको भर तन्त्र मन्त्र सिकाउने पण्डा पायो कस्ले।। टाउको पनि चपायो पुच्छर पनि क्वाप्प हण्डा नभरि भान्छेले बन्डा पायो कस्ले।। थाकिसके घरका चल्ला क्वारक्वार गरेर पर देशका कुखुराको […]

‘बतास’ चल्दा

‘बतास’ चल्दा मन्त्रीको टोपी उड्छ ‘यति’ले भेट्छ । बतास फेरि गौशालातिर चल्छ साधु तर्सिन्छ । तर्सेको साधु पाटनको पाटीमा बतासै भेट्छ । अब बतास बार्दलीमा चल्छ, बा’लाई ठण्डा ! ठण्डा गढेुसी ककसको शीरमा बर्सिन्छ डण्डा ! बतास त्यतै क्यान्टिनमा चल्दैछ खाने हो अण्डा ? बतास चल्दा फर्फराइ रहन्छ मन्त्रीको झण्डा ! हेत्तेरिका रे ! फसिसक्नु […]

राष्ट्रिय झण्डा, दौरा-सुरुवाल र खुकुरीको आन्दोलन !

राष्ट्रिय झण्डा बोकेर उभिएका छौँं। झण्डा फर्द गर्ने यो रातो पृष्ठभूमिमा उभिएको सेतो चन्द्रमा र यो सूर्यलाई उठाउने डण्डा पनि छ हामीसँग।