शीर्ष स्थानको जावलाखेल हिमालयन शेर्पासँग पराजित, सातदोबाटोको संकटामाथि रवाफिलो जित

काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत बुधवार सम्पन्न तेस्रो खेलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब हिमालयन शेर्पा क्लबसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा हिमालयन शेर्पा क्लबले २-१ गोल अन्तरले जित निकालेको हो। शेर्पाको जितमा पिस्टोन मुताम्बाले दुबै गोल गरे। उनले खेलको १० र १९ औँ मिनेटमा…