मानसिक स्वास्थ्यको विषयमा आधारित ‘बोल उकुसमुकुस बोल’ को गीत सार्वजनिक भएको छ । पत्रकार अनुप ओझाको शब्द, संगीत रहेको गीतमा अनुपसँगै प्रदीप लामाको स्वर छ । गीतको भिडियोलाई लामाले नै निर्देशन गरेका हुन् । द नेक्स्ट टिमका संस्थापक लामा र केबिका खत्रीले नै गीतको कोरियोग्राफी गरेका हुन् ।