मानसिक स्वास्थ्यसम्बन्धी ओझाको गीत 'बोल उकुसमुकुस बोल'

मानसिक स्वास्थ्यको विषयमा आधारित 'बोल उकुसमुकुस बोल'को नयाँ गीत सार्वजनिक भएको छ । पत्रकार अनुप ओझाको शब्द, संगीत र गीतमा अनुपसँगै प्रदीप लामाको स्वर समावेश छ । गीतको भिडियोलाई प्रदीपले नै निर्देशन गरेका हुन् । द नेक्स्ट टिमका संस्थापक लामाले नै गीतको कोरियोग्राफी गरेका हुन् ।