युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सरकार आर्थिक रुपमा कमजोर भएको कारण अत्यावश्यक कामहरु गर्न नसकेको बताएका छन् । अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२५ को अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवा कार्यक्रममा उनले भौतिक संरचनाको सन्दर्भमा धेरै काम गर्न बाँकी भएपनि सरकार अहिले आर्थिक रुपमा कमजोर रहेको बताए । उनले स्रोत साधनले भ्याएसम्म समस्याहरु समाधान गरेर […]
बैतडी। जिल्लाको सुर्नया गाउँपालिका–५ कठेगौँडमा गए राति मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमा मृत्यु भएको हो। उनी सुर्नया गाउँपालिका–४ को सन्सेरीमाडौँबाट धनगढीतर्फ गाइरहेका थिए।
‘नारायणगोपाल एकदम घमन्डी गायक हो। ऊसित बोल्न पनि डराई डराई बोल्नुपर्छ, दोहोरो जवाफ फर्काउनु हुँदैन।’ नारायणगोपाललाई भेट्नुअघि मैले उहाँबारे यस्ता अनेक कुरा सुनेको थिएँ। उहाँसँग पहिलो भेट २०३४ सालको आधुनिक गीत प्रतियोगितामा भएको थियो। रेडियो नेपालमा हरेक वर्ष २० चैतमा वार्षिक उत्सवको उपलक्ष्यमा प्रतियोगिता आयोजना हुने गर्थ्यो। मलाई कार्यक्रम शाखाका तर्फबाट आधुनिक गीत प्रतियोगिताको संयोजकको […]