पोखराका सुकुम्बासी त्रसित: वैकल्पिक व्यवस्था नभएसम्म बस्ती नछाड्ने अडान (फोटो फिचर)

पोखरा – काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चल्न थालेपछि पोखराका सुकुम्बासीहरू पनि त्रसित बनेका छन् । पोखरा महानगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न ३५ दिने अल्टिमेटम दिएपछि यहाँका बासिन्दा आन्दोलित भएका हुन् । महानगरको वैशाख ३ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार वैशाख ४ गते सार्वजनिक सूचना जारी गरिएको थियो । […]