एजेन्सी। डब्लुएचओका प्रमुख टेड्रोस एडहानम गेहब्रेससले भारतमा कोरोना महामारीको अवस्थाप्रति दुःख व्यक्त गरेका छन्। मिडिया ब्रिफिङका क्रममा उनले वैश्विक स्तरमा कोरोना महामारीको कहर लगातार जारी रहेको भन्दै चिन्ता व्यक्त गरे। उनले विश्वका केही देशमा फेरि कोरोना संक्रमणदर तीव्र बनेको भन्दै भारतजस्ता देशको अवस्था निकै दुःखद भएको उल्लेख गरे। उनले कोरोना नियन्त्रणका लागि डब्लुएचओले सक्दो सहयोग गर्ने समेत बताए।