भारतको केरला लगायतका केही ठाउँमा निपा भाइरसका सङ्क्रमित भेटिएका छन् । निपा भाइरसबाट केरलामा १२ वर्षका एक जना बालकको ज्यान गइसकेको छ । यसले नेपालमा पनि जोखिम बढाएको छ । निपा भाइरस जनावरहरुबाट मानिसमा सर्ने एक प्रकारको प्राकृतिक सङ्क्रामक रोग हो । फलफूलहरु खाने खालका चराचुरुङ्गीहरु तथा जनावरहरु विशेषगरी चमेरो प्रजातिबाट यो रोग सर्ने सम्भावना हुन्छ । चमेरो लगायतका प्रजातिले फलफूल खाँदा फलफूलमा रोगको सङ्क्रमण हुने र त्यही फलफूल मानिसले खाँदा यो रोग सर्ने जोखिम हुन्छ । सङ्क्रमित व्यक्तिको दिसा, पिसाब र रगतब...