नेपालमा सामान्यत: चमेरोको वासस्थान समुदाय भन्दा टाढा जस्तै गुफा वा ओडारमा हुने र मानिसहरु त्यस्ता ठाउँतिर कम जाने हुनाले भारत तथा बंगलादेशमा जस्तो चमेरो-मानिसको सामीप्यको कारणले निपा भाइरस संक्रमित हुने सम्भावना भने कम देखिन्छ।
२५ भदौ, काठमाडौं । निपा भाइरसको संक्रमण फैलन नदिन नेपालमा पूर्वतयारी थालिएको छ । यो रोगको जोखिम नेपालमा पनि रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वतयारी स्वरुप देशभरका अस्पतालहरुलाई ‘अलर्ट’ हुन बिहीबार निर्देशन दियो । रोगको यकिन निदान नहुँदै वा तीव्र रुपमा बिरामीको स्वास्थ्य अवस्था बिग्रँदै गएमा वा मृत्यु भएमा त्यस्ता बिरामीहरुको विस्तृत विवरण लिई […]
छिमेकी राष्ट्र भारतको केरलमा निपा भाइरसको संक्रमण पुष्टिसँगै नेपाल पनि जोखिममा देखिएको छ । सेपटेम्बर ५ मा निपा भाइरसबाट १२ वर्षीय एक बालकको मृत्यु भइसकेको छ । नेपाल पनि भाइरसको जोखिममा हुन सक्ने विज्ञहरुले बताएका छन् ।
निपा भाइरस संक्रमण एउटा नयाा खालको रोग (जूनोसिस) हो जुन जनावरबाट मान्छेमा सर्ने गर्छ । यो भाइरस टेरोपस जातको चमेरोमा पाइन्छ । उक्त चमेराको जुठो, पिसाब वा दिसाले प्रदुषित भएका खानेकुराहरु जस्तै- फलफूलहरु खाँदा मान्छेमा सर्दछ ।
निपा भाइरस पहिलो पटक सन् १९९८ तिर मलेसियाको एउटा सुागुर फर्ममा काम गर्ने किसान …
नेपाल ‘निपा’ भाइरसको जोखिममा रहेको देखिएको छ । ६ वर्षदेखि चमेरोमा गरिएको अनुसन्धानले नेपाल पनि ‘निपा’ भाइरसको उच्च जोखिममा रहेको पाइएको हो । अनुसन्धानकर्ताका अनुसार हालसम्म नेपालमा ‘निपा’ भाइरस पत्ता लागेको छैन ।...पूरा पढ्नुहोस् »