बाग्मती र विष्णुमतीलाई पूर्णरुपमा सफा बनाउने एमालेको संकल्प छ : केपी ओली

बैशाख १८, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाग्मती र विष्णुमती नदीलाई पूर्णरुपमा सफा बनाउने एमालेको संकल्प रहेको बताएका छन् । अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा एमाले निकट ट्रेड युनियनले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् । 'काठमाडौंलाई विश्वकै नमूना राजधानी बनाउने, सफा राजधानी बनाउने र यहाँका बाग्मती र  विष्णुमती नदीलाई पूर्ण सफा बनाउने संकल्पका साथ एमालेले काठमाडौं महानगरपालिकाको उम्मेदवार बनाएको छ ।' उनले भने । उनले केशव स्थापितको अनुभव र अन्य युवा उम्मेदवारहरुको जोशलाई मिलन गरेर काठमाडौं महानगरपालिकालाई आफ्नो पार्टी समृद्ध बनाउन चाहेको बताए ।  अध्यक्ष ओलीले उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरुको अधिकारको कुरा भएपनि उनीहरु चर्चा गर्न लायक नभएको पनि बताए ।  अध्यक्ष ओलीले पार्टीको चुनावी घोषणा पत्र र स्थानीय तहको प्रतिवद्धता पत्र लिएर चुनावी प्रचार अभियानलाई तीव्रता दिन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । उनले मजदुरहरुको हक, अधिकार सुनिश्चित गर्नका लागि एमाले सदैव तयार रहेको पनि पटकपटक दोहोर्‍याएका थिए । 

सम्बन्धित सामग्री

आयोजक केपी ओली एफसी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको उद्दघाटन खेलमा आयोजक केपी ओली एफसी विजयी भएको छ । राष्ट्रिय युवा संघले आयोजना गरेको प्रतियोगितामा एन्फा कम्प्लेक्समा भएको खेलमा केपी ओली एफसीले चर्च ब्वाइज युनाइटेड माथि ३-० को जित हात पारेको हो । खेलको सबै गोल दोस्रो हाफमा आएको थियो । खेलको पहिलो […] The post आयोजक केपी ओली एफसी विजयी first appeared on हाम्रो खेलकुद.

केपी ओली कपमा भारत र भुटानका क्लब पनि सहभागी हुने

राष्ट्रिय युवा संघ नेपालले फागुन ११ गतेदेखि १९ गतेसम्म केपी ओली कप २०८० गर्ने भएको छ। काठमाडौँको बानेश्वरमा आज पत्रकार सम्मेलन गर्दै युवा संघले केपी ओली कपको बारेमा जानकारी दिएको हो।...

केपी ओली कप फागुनमा

केपी ओली कप फुटबल प्रतियोगिता ११ देखि २० फागुनसम्ममा‌ आयोजना हुने भएको छ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा प्रतियोगिताको दोस्रो संस्करणको तयारी गरेको छ । पहिलो संस्करणको फाइनलमा मच्छिन्द्र क्लबले सातदोबाटो...

केपी ओली पोखरामा

एमाले अध्यक्ष केपी ओली पोखरा पुगेका छन्। पार्टीको कार्यक्रममा सहभागी हुनओली पोखरा पुगेका हुन्।...

केपी ओली भष्मासुर हुन् : माधव नेपाल

काठमाडौं : नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी ओली भष्मासुर भएको भन्दै त्यस्ता प्रवृतिको अन्त्य गर्नुपर्ने बताएका छन्।   'केपी ओली भष्मासुर हुन्। शिवले भष्मासुरलाई बनाए। भष्मासुरले शिवलाई भष्म पार्न खोजे। अन्तिममा के भयो थाहा छ? शिवले भष्मासुरलाई समाप्त गरिदिए,' नेकपाको प्रचण्ड-नेपाल समूहको विरोधसभामा बोल्दै उनले भने, 'केपी ओलीलाई कम्युनिस्ट पार्टीले…

केपी ओली ‘तानाशाह’ ले घुँडा टेक्नुपर्छ : शाक्य

नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले केपी ओली कम्युनिस्टविरोधी, परिवर्तनविरोधी भएको बताएकी छिन् । उनले केपी ओली ‘तानाशाह’ भएको आरोप लगाइन् । उनले भनिन्, ‘केपी ओली ‘तानाशाह’ले घुडा टेक्नु पर्छ...