काठमाडौं : एमालेले आगामी निर्वाचनको उम्मेदवार चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गरिसक्न तल्ला कमिटीलाई निर्देशन दिएको छ। केन्द्रीय कमिटीको बैठकले ६ वटा मापदण्ड बनाएर चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए। मापदण्डभित्र रहेर वडा कमिटीले पालिका, पालिकाले जिल्ला, जिल्लाले प्रदेश, प्रदेशले केन्द्र उम्मेदवारको सिफारिस गर्ने उनले बताए। उनले भने, ‘तल्ला कमिटीले उम्मेदवार सिफारिस गर्दा ३ जनाको नाम सिफारिस गर्नुपर्छ। त