काठमाडौं : बजेट पास भएकै दिन सेयर बजारमा पहिरो गएको छ। सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १ सय १४ दशमलव २ अंकले घटेर २ हजार ७ सय तल झरेको छ।आज साढे ८ अर्ब रुपैयाँ हाराहारीमा मात्रै कारोबार भएको छ। बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम (तरलता) अभावको असर सेयर बजारमा देखिएको बजारका जानकारहरू बताउँछन्। तरलता अभाव भए पछि बैंकहरुले निक्षेपको ब्याजदर समेत बढाएका छन्। सोमबार धेरै सेयर मूल्उ घट्नेमा फाइनान्स कम्पनीहरू छन्। गुडबिल फाइनान्स, पोखरा फाइनान्स, आईसीएफसी फाइनान्स, प्रोगेशिभ फाइ