तीन बैंकको नाफा तीन अर्बमाथि, तीनवटाले एक अर्ब पनि पुर्याउन सकेनन्
पछिल्लो नौ महिनामा तीनवटा वाणिज्य बैंकले तीन अर्ब बढी नाफा कमाएका छन् । नौ महिनामा तीन अर्ब बढी नाफा कमाउनेमा नबिल, ग्लोबल आईएमई र एनआईसी एसिया बैंक रहेका छन्
१२ असार, काठमाडौं । निष्क्रिय कर्जा बढेर सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजनिङ रकम बढ्दा पनि सिटिजन्स बैंकको नाफा बढेको छ । खुद ब्याज आम्दानीमा भएको वृद्धिले बैंकको नाफामा बढोत्तरी भएको हो । शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकले २ अर्ब २१ करोड ४४ लाख २५ हजार रुपैयाँ मुनाफा आर्जन […]
खुद ब्याज आम्दानी वृद्धिसँगै सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन रकम घट्दा नबिल बैंकको नाफा बढेको छ । गत आबको अन्तिम २७ असारमा नेपाल बंगलादेश बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गरेको थियो ।
१९ साउन, काठमाडौं । खुद ब्याज आम्दानीमा वृद्धि भएपनि ट्रेडिङ आम्दानी नहुँदा कृषि विकास बैंकको नाफा घटेको छ । बिहीबार बैंकले आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ६९ करोड रुपैयाँ मुनाफा आर्जन गरेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ५२ करोड ७५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको […]
१२ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा एभरेष्ट बैंकको नाफा ४३.७७ प्रतिशतले वृद्धि हुँदा साढे दुई अर्ब नाघेको छ । तरलता (लगानी योग्य पुँजी) अभावका बीच बैंकको व्यवसाय विस्तार र स्प्रेड रेमा भएको वृद्धिले बैंकको खुद ब्याज आम्दानी र शुल्क तथा अन्य आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । जसले बैंकको सञ्चालन मुनाफा सँगै […]
९ साउन, काठमाडौं । व्यवसाय विस्तारसँगै खुद ब्याज आम्दनीमा उल्लेख्य वृद्धि गर्दा गत आर्थिक वर्ष २०७८/७९ मा नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको नाफा उल्लेख्य रुपमा बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले दुई अर्ब २ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७७/७८ […]
५ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा एनआईसी एसिया बैंकले चार अर्ब ५२ करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा अघिल्ल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ३८.८६ प्रतिशतले वृद्धि गरेको छ । बैंकको नाफामा वृद्धि हुँदा प्रमुख वित्तीय सूचकमा […]
काठमाडौं । प्रभु बैंकको लिमिटेडको नाफा १६.९० प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा रकम घटेर १ अर्ब २६ करोड २ लाख १० हजार रूपैयाँमा सीमित हुन पुगेको हो । गत वर्ष यसै अवधिमा बैंकले १ अर्ब ५१ करोड ८६ लाख ८४ हजार रूपैयाँ नाफा कमाएको […]
The post प्रभु बैंकको नाफा १६.९० प्रतिशतले घट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं । सनराइज बैंकको नाफा डेढ अर्ब नाघेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सनराइजको नाफा १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।कोरोना भाइरसको महामारीले समग्र क्षेत्रमा प्रभाव पारे पनि बैंकिङ्ग क्षेत्रले भने नाफा कमाउन सफल भएको छ । सनराइजको नाफा अघिल्लो वर्षको भन्दा १०.५५ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा ६० करोड १५ लाख रुपैयाँ कायम भएको छ ।यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ८.७७ प्रतिशतले घटेको छ