एमाले बैठकका तीन एजेण्डा, पार्टी छाडेकालाई कारबाहीदेखि विधान महाधिवेशनसम्म

नेकपा एमालेको बिहीबार बस्ने केन्द्रीय कमिटी बैठक तीनवटा एजेण्डामा केन्द्रीत हुने भएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका माधवकुमार नेपाल पार्टीबाट बाहिरिएपछि एमाले केन्द्रीय समिति बैठक पहिलो पटक आज बिहीबार बस्न लागेको हो ।ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह १२ बजे बस्नेगरी बोलाइएको बैठकका तीनवटा एजेण्डा तय गरेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार पहिलो एजेण्डा १० बुँदे कार्यान्वयन प्रस्ताव सम्बन्धि स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने रहेको छ

सम्बन्धित सामग्री

एमाले विधान महाधिवेशन: ओलीका आकांक्षालाई वैधानिक बनाउने बाटो खुल्यो

काठमाडौँ– अध्यक्ष केपी शर्मा ओलीका आकांक्षालाई वैधानिकता दिने गरी विधानमा सुधार गर्दै एमाले विधान महाधिवेशन सकिएको छ। तीन दिनसम्म चलेको महाधिवेशनले ओलीले चाहेका गतिविधिलाई विधान अनुकूल बनाएको छ। एमालेले नवौँ महाधिवेशनबाट पारित गरेको ७० वर्षे उमेर हदलाई कायमै राखे पनि उनलाई फेरि अध्यक्ष हुन बाधा नपर्ने गरी विधानमा संशोधन गरिएको छ। आउँदो फागुन ११ गते […]

एमाले विधान महाधिवेशन : महामारीमै मास्कको मतलव छैन (फोटोफिचर)

कोभिड-१९ महामारीकैबीच शुक्रबारदेखि एमालेको विधान महाधिवेशन सुरु भएको छ। तर, यो महाधिवेशनमा महामारीमा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड अपनाएको पाइएन। विधान महाधिवेशन ६ हजार ३४७ नेता–कार्यकर्ता उपस्थित छन् तर सवैले मास्क लगाएको देखिएन।...

एमाले विधान महाधिवेशन : न उत्साह, न एकता

१५ असोज, काठमाडौं । तीन पटकको स्थगनपछि नेकपा एमालेको विधान महाधिवेशन शुक्रबार शुरू भएको छ । राजधानी उपत्यकाको रिङरोडबाट झण्डै दश किलोमिटर दक्षिण गोदावरीस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा शुरू भएको विधान महाधिवेशन एमाले पार्टी जीवनमा पहिलो अभ्यास हो । यसअघि एमालेले नेतृत्व चयन र नीति विमर्श एकैपटक गर्दै आएको थियो । नवौं महाधिवेशनसम्म कायम त्यस्तो अभ्यासले […]

तस्बिरमा एमाले विधान महाधिवेशन उद्घाटन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर र लोगो अनावरण गरेर विधान महाधिवेशन उद्घाटन गरेका छन्। ललितपुरको गोदावरीस्थित सनराइज हलमा आजदेखी सुरु भएको अधिवेशनमा देशभरबाट ६ हजार प्रतिनिधि...

एमाले विधान महाधिवेशन सुरु (फोटो फिचरसहित)

काठमाडौँ – एमाले विधान महाधिवेशन सुरु भएको छ। तीन दिनसम्म चल्ने एमालेको पहिलो महाधिवेशन ललितपुरको गोदावरीमा तामझामका साथ सुरु भएको हो। महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर उद्घाटन गरेका छन्। महाधिवेशनमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत गरिने सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, […]

एमाले विधान महाधिवेशन सर्‍यो, अब कहिले ?

एमालेको विधान महाधिवेशन ११ दिन पर सरेको छ। स्थायी कमिटीको शनिवारको बैठकले थप छलफल गर्नुपर्ने भन्दै झण्डै दुई साता पर महाधिवेशन सार्ने निर्णय गरेको छ। असोज १५, १६ र १७ गते काठमाडौंमा विधान महाधिवेशन गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। यसअघि असोज ४, ५ र ६ गते तोकिएको थियो। बहुमत पदाधिकारी फरक धारबाट निर्वाचित भएपछि अध्यक्षलाई काम गर्न अप्ठ्यारो भएको भन्दै पार्टीमा अध्यक्षलाई शक्तिशाली बनाउने गरी एमालेले विधान संशोधन गर्न लागेको हो। महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय कमिटी मात्र निर्वाचित ह...

सर्यो एमालेको विधान महाधिवेशन

अब विधान महाधिवेशन १५ देखि १७ सम्म आयोजना गर्ने गरी प्रस्ताव गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

एमालेको विधान महाधिवेशन साउन २५ देखि २७ गतेसम्म हुने

काठमाडौँ । नेकपा (एमाले) को विधान महाधिवेशन साउन २५ देखि हुने भएको छ । केन्द्रीय समितिको सर्वसम्मतिले विधान महाधिवेशन साउन २५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख सूर्य थापाले जानकारी दिए । विधान महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन लेखनका लागि अध्यक्ष ओलीको नेतृत्वमा कमिटी गठन भएको हो । विधान महाधिवेशन व्यवस्थापनका निम्ति रामबहादुर […]