ईपीएल क्रिक्रेटमा काठमाडौं र पोखरा केहीबेरमा भिड्दै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वेन्टी क्रिकेटमा आज एउटा मात्रै खेल हुँदैछ । टियु क्रिकेट मैदानमा दिउसो सवा १२ बजे सुरु हुने खेलमा काठमाडौं किङ्स–११ र पोखरा राइनोज भिड्ने छन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं जारी प्रतियोगितामा दोस्रो जित निकाल्ने योजनामा रहेको छ । काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो […]

सम्बन्धित सामग्री

ईपीएल रोकिएकोप्रति असन्तुष्टि

काठमाडौं (अस) । एभरेष्ट प्रिमियर लिग (ईपीएल) आयोजनाका लागि स्वीकृति नदिएको भन्दै नेपाल क्रिकेट संघ (क्यान)प्रति असन्तुष्टि प्रकट गरिएको छ । सोमवार ईपीएल प्रालिले आयोजना गरेको पत्रकार सम्मेलनमा फ्रेन्चाइज टिम मालिकहरूले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् । ईपीएल फ्रेन्चाइज टिमका मालिकहरूले पाँचौं संस्करण आयोजनाका लागि प्रयास गरेका थिए । तर क्यानले प्रतियोगिता गर्न स्वीकृति दिएको छैन ।  उनीहरूले क्यानलाई असहयोग गर्ने चेतावनीसमेत दिएका छन् ।  उनीहरूले क्यानले ईपीएल आयोजना हुन नदिएर खेलाडीहरूको अवमूल्यन गरेको समेत जिकीर गरे । नेपाली क्रिकेट निलम्बनमा परेको समयमा समेत ईपीएल आयोजना गरी क्रिकेटलाई गतिशील बनाएर खेलाडीको उत्थानमा सहयोग पुगेको यथार्थलाई अहिले क्यानले बिर्सेको उनीहरूको भनाइ छ । ईपीएल सन् २०१६ देखि आयोजना हुँदै आएको छ । ईपीएलसँगै धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग गरी तीनओटा फ्रेन्चाइज टी–२० क्रिकेट प्रतियोगिता पनि आयोजना हुँदै आएका छन् । ईपीएल फ्रेन्चाइज टिम ललितपुर प्याट्रियट्सका मालिक किशोर महर्जनले क्रिकेटको विकासमा ठूलो योगदान गर्ने लक्ष्यमा क्यानको निर्णयले धक्का लागेको बताए ।

ईपीएल कात्तिकमा हुने

काठमाडौं   । पाँचौं संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) आगामी कात्तिक महिनाको अन्त्यतिर हुने भएको छ । ईपीएल कार्तिक २६ देखि मंसिर १० गतेसम्म आयोजना हुनेछ । चौथो संस्करणको उपाधि चितवन टाइगर्सले फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै जितेको थियो । चौथो संस्करणको ईपीएलमा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी, श्रीलंकाका धम्मिका प्रसाद, उपुल थारंगा, दक्षिण अफ्रिकाका […]

ईपीएलको उपाधिका लागि आज चितवन र पोखरा भिड्दै

२३ असोज, काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइनल खेल आज हुँदैछ । उपाधिका लागि चितवन टाइगर्स र पोखरा राइनोज भिड्दैछन् । दुवै टोली पहिलोपटक फाइनल पुगेकोले जसले जिते पनि यसपटक ईपीएलको नयाँ च्याम्पियन बन्नेछ । दोस्रो संस्करणको विजेता विराटनगर वारियर्स र तेस्रो संस्करणको विजेता ललितपुर प्याट्रिओट्स यसपटक लिग चरणबाटै बाहिरिसकेका […]

ईपीएलको फाइनलका लागि चितवन र पोखरा तयार

२२ असोज, काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को उपाधिका लागि शनिबार चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टिम पहिलो पटक फाइनल पुगेकाले ईपीएलको चौथो संस्करणले नयाँ विजेता पाउनेछ । यसअघि पहिलो संस्करणमा पञ्चकन्या तेज च्याम्पियन बनेको थियो । त्यसबेला कर्पोरेट शैलीमा प्रतियोगिता भएको थियो । दोस्रो संस्करणमा विराटनगर […]

ईपीएल : फाइनलका लागि चितवन र पोखरा भिड्दै

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन्। बुधबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा प्लेअफ अन्तर्गतका क्वालिफायर र एलिमिनेटर खेल हुनेछन्।चितवन टाइगर्स र पोखरा राइनोजबीच फाइनल प्रवेशका लागि पहिलो प्रतिस्पर्धा हुनेछ। खेल बिहान साढे ९ बजेका सुरु हुनेछ।  सोमपाल कामीको कप्तानीमा रहेको चितवन शीर्ष स्थानमा रहँदै क्वालिफायर पुगेको हो। विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले दोस्रो स्थानमा रहेको छ। पराजित हुने टोलीले दोस्रो क्वालिफा

ईपीएल क्रिकेट : वर्षाले खेल रोकिएपछि काठमाडौं पोखरासँग १४ रनले पराजित

जितसँगै पोखरा ५ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा पुगेको छ । शीर्ष स्थानको चितवन टाइगर्सको ५ खेलबाट ८ अंक छ । पराजित भएसँगै काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको छ ।

ईपीएल : वर्षाका कारण काठमाडौं र पोखराबीचको खेल स्थगित

१२ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटअन्तर्गत मंगलबारका लागि तय भएको काठमाडौं किङ्स ११ र पोखरा राइनोजबीचको खेल वर्षाका कारण स्थगित भएको छ । दुई दिनदेखि भइरहेको वर्षाका कारण मैदान भिजेकाले खेल प्रभावित बनेको हो । शुरुमा भिजेको मैदान राम्रोसँग सुक्न नपाउँदै थप वर्षा भएपछि लगातार तेस्रो दिनको खेल स्थगित भएको हो । […]

वर्षाका कारण खेल रद्ध भएपछि पोखरा र भैरहवाले अंक बाँढे

काठमाडौं- एभरेस्ट प्रिमियर लिग-ईपीएल क्रिकेटअन्तर्गत आइतबार पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सबीचको खेल वर्षाका कारण रद्ध भएको छ। पहिला ब्याटिङ गरेको पोखराले १०.१ ओभरमा ७ विकेट गुमाएर ६५ रन जोडेपछि वर्षाले खेल प्रभावित बनेको थियो। त्यसपछि खेल सुचारु हुन सकेन र दुवै टोलीलाई एक एक अंक बाँढियो। प्रतियोगिताअन्तर्गत सोमबार हुने खेलमा विराटनगर वारियर्स र काठमाडौं किङ्स […]

ईपीएल टी-ट्वान्टी आजबाट, उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्दै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण आजदेखि सुरु हुँदैछ । टियु क्रिकेट मैदानमा हुने इपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स –११ बीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र काठमाडौंबीचको खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ । प्रतियोगितामा काठमाडौं किङ्स–११, विराटनगर वारियर्स, ललितपुर प्याट्रिओट्स, भैरहवा ग्लाडिएटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी […]

श्रीलंकाका असेला गुनारत्ने र साहान अराससिगेले पोखराबाट ईपीएल खेल्ने

काठमाडौं । पोखरा राइनोजले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि दुई श्रीलंकन खेलाडीलाई पनि अनुबन्ध गरेको छ । श्रीलंकन अलराउण्डर खसेला गुनारत्ने र साहान अराससिगेले यही असोज ९ देखि २३ सम्म आयोजना हुने ईपीएल खेल्ने भएका हुन् । दायाँ हाते अलराउण्डर गुनारत्नेले सन् २०१६ मा भारतविरुद्ध टी२० अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए भने सोही […]