काठमाण्डाै – नेपाली सेनाले आफ्ना कर्मचारीलाई घर बनाउन सहुलियतपूर्ण कर्जा दिन सुरु गरेको छ । सैनिक सेवामा न्यूनतम १० वर्ष पूरा गरेका श्रीमान् वा श्रीमतीको नाममा नेपालभर जुनसुकै ठाउँमा घर बनाउनका लागि सेनाले सैनिक सकलदर्जा सहुलियतपूर्ण आवास कर्जाको सुरु गरेको हो ।
कार्यक्रमको आज बुधवार प्रधानसेनापति प्रभुराम शर्माले शुभारम्भ गर्नुभयो । यो कार्यक्रममा सेनाका कर्मचारीले तीन दशमलव ३२ प्रतिशत ब्याज दरमा २५ लाख रुपैयाँसम्मको आवास कर्जा पाउनेछन् ।
अहिलेसम्म २० जनाको आवेदन प्राप्त भएकोमा सात जनाको प्रक्रिया पूरा भएर...